श्रीमानद्धारा छोरा र श्रीमतिको हत्या


धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको त्रिबेणी गाँउपालिका १ बल्लेजुराका ४९ बर्षका शक्तबहादुर बुढाले बन्दुक र खुकुरी प्रहार गरी श्रीमति र छोराको हत्या गरेका छन् । श्रीमति ४२ बर्षिय इन्द्रकला बुढालाई भरुवा बन्दुक र छोरा ११ बर्षका स्वयम प्रकाश बुढालाई खुकुरी प्रहार गरी गएराति हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमति र छोराको हत्या पछि आफुले समेत आत्महत्याको प्रयास गर्दा सामान्य घाइते भएकोले उनलाई उपचारका लागी जिल्ला अस्पताल सल्ले ल्याइएको रुकुम पश्चिम प्रहरी प्रमुख डिएसपि सुमित खड्काले बताउनुभयो । डिएसपी खड्काका अनुसार शक्तबहादुर एक महिनादेखी घर भन्दा बाहिर बस्दै आएका र उनले नियमित मादक पदार्थ सेवन गर्दै आएका थिए ।