ध्रब लक्ष्मी बचत तथा ऋण सहकारीको ११औं साधारणसभा सम्पन्न


काठमाडौं, (नेस)
ध्रब लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोष्टमा अवस्थित सो सहकारीले शनिबार नै आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ ।

गोविन्दबहादुर थापा क्षेत्रीको अध्यक्षतामा गठित नयाँ सञ्चालक समितिको उपाध्यक्षमा बोमबहादुर रायमाझी, सचिवमा अम्बिका थापा, कोषाध्यक्षमा शरदकृष्ण श्रेष्ठ र सदस्यहरुमा दँरबहादुर गुरुङ, राजु थापा र सीता न्यौपानेलाई चयन गरेको छ ।

त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा पँर्ण पुरी तथा सदस्यमा सरस्वती बिसी र संगीता लामालाई निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक कुलचन्द्र आचार्यले जानकारी दिनुभयो ।

१८३ जना महिला तथा १६८ जना पुरुष गरी कुल ३५१ जना सदस्य रहेको सहकारीको आर्थिक वर्ष २०७४÷७५ को अत्यसम्म ५४ लाख ५५ हजार ९ सय रुपियाँ शेयर पुँजी रहेको छ । ३ करोड ५७ लाख ७२ हजार ९७९ निक्षेप संकलन गरी ३ करोड ३९ लाख ५४ हजार ऋण लगानी गरेको सहकारीले ३ लाख ५१ हजार ९२४ रुपियाँ खुद नाफा गरेको छ ।