सहकारीको माध्यामवाट कृषि पर्यटनको विकास गर्नुपर्छ: मन्त्री केसी


दिपेन्द्र शर्मा, सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारीका माध्यामवाट कृषि पर्यटनको विकास गर्न गर्नुपर्ने वताएकीछन ।

हाम्रो आधार महिला कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर ९ सुर्खेतको पाचौ साधारण सभामा वोल्दै मन्त्री केसीले सहकारीका माध्यामवाट कृषि पर्यटनको विकास गर्नपर्ने वताएकी हुन ।

मन्त्री केसीले कृषि पर्यटनको विकास गरि कर्णालीका नागरिकहरुलाई आर्थीकरुपमा आत्मानिर्भर वनाउन सहकारी सस्थाको भुमिका महत्वपुर्ण हुने वताइन । कृषि पर्यटनको विकास गर्न कर्णाली प्रदेश सरकारले कृषि,सहकारीको क्षेत्रमा उल्लेखीय वजेट विनियोजन गरिएको केसीले जानकारी दिइन । अहिले सहकारी लाई काम गर्न समस्या भएको भन्दै मन्त्री केसीले काम गर्न सहजताका लागी सहकारी विधेयक कर्णाली प्रदेश सभामा छलफल भइरहेका जानकारी दिइन ।

सहकारी विधेयक नवन्दा कर्णालीका सहकारीहरुले कार्यक्षेत्र विस्तारमा जटिल्ता भएको मन्त्री केसीले वताइन । सहकारी विधेयक पारित गरेर सहकारीका थप कामहरु अगाडी वढाइने मन्त्री केसीको भनाई छ । कर्णाली प्रदेशमा रहेका सहकारीको कामकारवाही प्रभावकारी वनाउन तत्कालै प्रदेश रजिष्टारको कार्यालय स्थापना गर्न सरकार लागी परेको उनले जानकारी दिइन ।