पूर्व अर्थमन्त्री भरतमोहन अधिकारको विराटनगरमा अभिनन्दन


सरोज यादव, विराटनगर । कम्युनिष्ट आन्दोलनका अगुवा एवम् पुर्व उप–प्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई विराटनगरमा शनिबार नागरिक अभिनन्दन गरिएको छ ।

विराटनगरलाई कर्मभूमि वनाउदै नेपालको राष्ट्रिय राजनितिको उचाईमा पुग्नु भएका अधिकारीलाई ८३ वर्षको उमेरमा जेष्ठ नागरिक सम्मान दिदै अभिनन्दन गरिएको हो ।

एक नम्वर प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्वहाङले कदरपत्रबाट तथा मुख्यमन्त्री शेरधनराईले फुलमाला अविर लगाएर साथै प्रदेशका मन्त्रीहरुले मायाको चिनो प्रदान गरेर अधिकारीलाई अभिनन्दन गरेका थिए ।

विक्रम संवत् १९९३ वैशाख २२ गते महोत्तरी जिल्लामा जन्मनु भएका अधिकारीले २००८ सालदेखि नेपाल कम्युनिष्ट पार्टीबाट राजनिति शुरु गरेका हुन ।

उनले २०५१ सालमा पहिलो कम्युनिष्ट सरकारको अर्थ मन्त्री भएर काम गरिसकेका छन । कार्यक्रममा ४ सयभन्दा वढी संघसंस्थाले अधिकारीलाई नागरिक अभिनन्दन गरेको अभिनन्दन समारोह समितिका संयोजक डाक्टर भेषप्रसाद धमलाले वताए ।

कार्यक्रममा वोल्दै प्रदेश नम्वर एकका प्रदेश प्रमुख डां गोविन्दबहादुर तुम्वहाङले नेपालको राष्ट्रिय राजनितिमा महत्वपूर्ण योगदान पु¥याउदै आएका अधिकारीलाई सम्मान गर्न पाउनु एक नम्वर प्रदेशको लागि गौरवको कुरा भएको वताए ।

मुख्यमन्त्री शेरधन राईले नेपालको राजनितिका शिखर पुरुष भरतमोहन अधिकारीलाई गरिएको नागरिक अभिनन्दनले समग्र प्रदेशको एकता र संस्कृतिमा बल पुगेको वताए ।

अभिनन्दित हुनु भएका अधिकारीले एक नम्वर प्रदेश र विराटनगरवासीले गरेको मायालाई कहिले नर्विसने भन्दै आफूलाई अझै माया गर्नुहुन्छ भने विराटनगरलाई स्थायी राजधानी वनाउन आग्रह गरे ।

उनले कांग्रेस कम्युनिष्ट भएर आफूहरु एक आपसमा धेरै लडेको उल्लेख गर्दे अव लड्ने नभई मिलेर एक नम्वर प्रदेशको विकास र विराटनगरलाई स्थायी राजधानी वनाउन तर्फ लाग्नु पर्ने बताए ।

पाँचवटा प्रधानमन्त्री जन्माएको विराटनगरका लागि अझैपनि महत्वपूर्ण काम गर्न आफुले नसकेको भन्दै अब उहाँले सवै मिलेर विराटनगर वनाउनुपर्नेमा जोडदिए ।

मुलुक संघियातामा गएकाले प्रदेश सरकार, स्थानीय र नयाँपिडी समेत मिलेर विकास निमार्णमा लाग्नुपर्नेमा उहाँले जोड दिए । कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री जिवन घिमिरे, महानगरका मेयर भीम पराजुली, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा तथा स्वतन्त्रता सेनानी रमाप्रसाद रिजाल लगायतले अधिकारीले पु¥याउनु भएको योेगदानको चर्चा गरेका थिए ।