जिप दुर्घटना हुँदा दुईको मृत्यु, १७ घाइते


राम धामी, डडेल्धुरा
डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा शनिबार बिहान जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन ।
शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडैं र सोही गाउँपालिका–३ का गाडी साहु ४५ दिपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । जीप सडक भन्दा एकसय मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनाको कारण भने खुलेको छैन । घाईते हुनेहरुमा भागेश्वर गाउँपालिका ३ का ३ बर्षीय एलकश नागरी, ४० बर्षीय रणबहादुर शाही, ११ बर्षीया तनुजा शाही, २२ बर्षीय नविन शाही, ३२ बर्षीय विष्णु शाही, २३ बर्षीया माया नागरी बैतडीको मेलौली ८ बस्ने १८ बर्षीयम गौरी बिष्ट, धनगढी उपमहानगरपालीका १४ कनरीका २६ बर्षिय केशब मल्ल, बैतडी तल्लो सोराड ४ का १२ बर्षिय शुसिल महता, कञ्चनपुर दैजीकी २० बर्षिय शर्मीला अवस्थी घाईते भएका छन ।

घाईते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेकोले तत्कालै थप उपचारका लागि रिफर गरिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।