इशानेश्वरमा १०८ कन्या पुजा


काठमाडौं, (नेस) । परम्परादेखि अभ्यासमा रहेका कला सँस्कृतिको महत्व नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ १०८ कन्याको पुजा आयोजना गरिएको छ । कलंकी मैत्रीनगरस्थित इशानेश्वर मन्दिरमा ९ वर्ष मुनीका बालिका पुजामा सहभागी भए ।

बेल विवाह नभएका र गुन्योचोली नदिएका नानीहरु मात्र सहभागी भएका कार्यक्रम आयोजक प्रमुख राज्यलक्ष्मी बैदारले जानकारीे दिनुभयो । बालबालिकाका अभिभावक र स्थानीय बासिन्दा समेत सहभागी हुने यस्तो कार्यक्रम विगत चार वर्षदेखि हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

यस प्रकारको धार्मिक कार्य नेवारी समुदायमा मात्र सिमित राख्न नहुने र अन्य समुदायका बालिकालाई समेत नियमित रुपमा समेट्दै जिउँदो देवीका रुपमा पुजा गर्ने अभ्यासले निरन्तरता पाउनुपर्ने कार्यक्रम आयोजकले बताए । सो कार्यक्रममा सौगात मन्टेश्वरी, कीर्तिपुर इनर व्हिल क्लब र दीपश्री क्रिएटिभ मिडियाको संयुक्त आयोजनामा भएको हो ।