मन्त्री ज्ञवाली जापान प्रस्थान


काठमाडौं, (नेस)
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जापान भ्रमणका लागि प्रस्थान गर्नु भएको छ । जापानी समकक्षी तारो कोनाको औपचारिक निमन्त्रणामा ज्ञवाली शनिवार जापान जानु भएको हो ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले नेपाललाई दिदै आएको खाद्य सहयोग परियोजनाको सहमतिपत्रमा हस्ताक्षर गर्ने, जापानको सहयोगमा नेपालमा सञ्चालनमा रहेका परियोजनाबारे छलफल गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार जापानमा कार्यरत नेपालीहरुको सेवा, सुविधा सहित आगामी दिनमा नेपाली कामदार पठाउने विविध पक्षबारेमा पनि मन्त्री ज्ञवालीले उहाँका समकक्षी कोनासँग छलफल गर्नु हुनेछ ।

४ दिने भ्रमणका क्रममा उहाँले त्यहाँका कृषि र वन मन्त्रीसँग पनि भेटवार्ता गर्नुका साथै जापानमा रहेका नेपाली समुदायलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । जापान भ्रमण पश्चात मन्त्री ज्ञवाली थाइल्यान्डको समेत भ्रमण गर्ने बताइएको छ ।