१३औँ पुण्यतिथिमा पद्मरत्नको स्मरण


काठमाडौं । बरिष्ठ वाम पन्थी नेता तथा मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको निधन भएको आज शुक्रबार १३औँ पुण्यतिथिका बसन्तपुरमा श्रद्धान्जलि सभा आयोजना गरिएको छ । श्रद्धान्जलि सभामा भाषा आन्दोलनका अग्रणी समेत रहेका स्व. तुलाधरको भाषा, समावेशिता, मानव अधिकार र शान्ति प्रक्रियामा पु¥याएको योगदानको स्मरण गरियो ।

सभामा बोल्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तुलाधरप्रतिको सम्मानलाई औपचारिकतामा मात्र सीमित नराखी जनस्तरबाट अभियानको रुपमा अघि बढाउनुपर्ने बताए । उनले स्व. तुलाधरका सकारात्मक सन्देशलाई चिरस्थायी बनाउन नयाँ पुस्तामाझ पु¥याउनुपर्ने खाँचो आँैल्याए ।

सभामा पूर्वसभामुख दमननाथ ढुंगानाले शान्ति प्रक्रियालाई टुंगोमा पु-याउन तुलाधरसँग वर्षौं सँगै हिँडेको बताउँदै अब पनि उनकै मार्गमा हिँडेर उनीद्वारा थालिएका अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले तुलाधरलाई आदिवासी जनजाति आन्दोलनको पर्यायको रुपमा स्मरण गरे । राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले उत्पीडित र पिछडिएका समुदायको अधिकार स्थापित गर्ने संघर्षमा तुलाधरको हिस्सेदारी अतुलनीय रहेको बताए । श्रद्धान्जली सभा आयोजक समितिका तर्फबाट अधिकारकर्मी मल्ल के सुन्दरले तुलाधरजस्ता व्यक्ति फेरि–फेरि जन्मिरहूँन् भनी कामना गर्नु सान्दर्भिक हुने बताए ।

सभामा दिवंगत तुलाधरप्रति जनकवि दुर्गालाल श्रेष्ठ, उद्योगपति लक्ष्मीदास मानन्धर, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, आदिवासी जनजाति महासंघका प्रवक्ता डा. ओम गुरुङ, नयाँ शक्ति पार्टीका नेत्री हिसिला यमि, नेपाल संवत् हूदँ राष्ट्रिय समारोह समिति ११३९ का अध्यक्ष सत्यभामा माथेमा, सांसदलगायतले भावपूर्ण श्रद्धान्जलि अर्पण गरेका थिए ।