एजेन्सीहरु । कम्वोडियाका दुई जना वरिष्ठ माओवादी नेताहरुलाई आम नरसंहारको आरोपमा आजीवन कारावासको सजायँ सुनाइएको छ ।
कम्वोडियामा सन् १९७५ देखि १९७९ सम्म माओवादी कम्युनिष्टहरुको शासन थियो । खमेर रुज नामले चिनिने उनीहरुले सन् १९७५ मा हिंसात्मक सघर्ष गरेर सत्ता कब्जा गरेका थिए । त्यस अवधीमा असंख्य मानिसहरुको आम संहार भएको वताइन्छ ।
संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त अदालतले सो सजायँ सुनाएको हो । सो अवधीमा सरकारको दोश्रो वरियतामा रहेका नुओन चेया र राष्ट्र प्रमुखको रुपमा रहेका ख्यु साम्फानलाई आजीवन कारावासको सजायँ सुनाइएको छ । उनीहरु अहिले जेलमा छन् ।
नुओन चेया ९२ वर्षका छन् भने ख्यु साम्फान ८७ वर्षका छन् ।
विश्लेषकहरुले यस घटनाले आम नरसंहारमा सामेल रहेकाहरु बृद्ध अवस्थामा भएपनि उम्कन नपाउने सन्देश जाने वताउँछन् ।
नेपालका माओवादी नेताहरुको भविश्यका वारेमा पनि यस्तै विभिन्न अडकल काटिने गरिएको पर्यवेक्षकहरु वताउँछन् ।











प्रतिक्रिया