वायुसेवा निगम आर्थिकरूपमा थला प¥याे


काडमाडौं । नेपाल वायुसेवा निगमले सरकारलाई आर्थिक सहयोग गर्न आग्रह गरेको छ । आज श्वेतपत्र जारी गर्दै निगमले घाटा चुलिँदै गएको अवस्थामा सरकारले सहयोग नगरे संस्थान डुब्न सक्ने खतरा रहेको जनाएको हो ।

आफ्नो वर्तमान आर्थिक परिदृश्य सार्वजनीक गर्दै निगमले पँँजी र कर्जा रकम समान पुग्न लागेको जनाएको छ । निगमको करिब ४९ अर्ब रुपैयाँ बराबर सम्पत्ति रहेकोेमा ३९ अर्ब रुपैयाँ कर्जा भुक्तानी गर्न बाँकी रहेको छ । निगमले छोटो अवधिको कर्जाबाट मासिक ३२ करोड ११ लाख रुपैयाँभन्दा बढी दायित्व सिर्जना भईरहेको जनाएको छ ।

हाल निगमसँग ३७ अर्ब ७२ करोडको जहाज तथा ईन्जिन, ७ अर्ब ५० करोडको जग्गा तथा भवन, ७५ करोड कर्जा लगानी, २० करोड बैंक मौज्दात, २ अर्ब ४३ करोडको जहाजको पाटपँर्जा तथा र २१ करोड रुपैयाँ बराबरको ग्राउण्ड ईक्विपमेन्ट मौज्दात गरी कुल ४८ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबर सम्पत्ति रहेको जनाएको छ ।

कर्जा रकम र त्यसको मासिक ब्याज दायित्व, प्रशासनिक खर्च, जहाज कर्जाको किस्ता भुक्तानी, कर्मचारी अवकासमा पठाउँदा सिर्जित दायित्वलगायत निगमको कुल कर्जा ४१ अर्ब ७३ करोड ३० रुपैयाँ बराबर रहेको छ । निगम हाल ४० प्रतिशत पँजीगत नोक्सानी रहेको अवस्थामा नगद प्रवाह गर्न समेत समस्या भएको कार्यकारी अध्यक्ष मदन खरेलको भनाई छ ।

समग्रमा निगमका सबै आर्थिक सुचकांकहरु नकारात्मक देखिएका छन् । वाईड बडी विमान खरीद अघि १० दशमलव ४० प्रतिशत रहेको निगमको कर्जा र पँँजीको अनुपात अहिले बढेर ३९ दशमलव ८२ प्रतिशत पुगेको छ । दुई ठँला जहाजको सञ्चालनमा तथा व्यवसायिक रुपमा समेत असफल देखिएपछि त्यसको प्रत्यक्ष असर निगमको वित्तीय स्वास्थ्यमा परेको देखिएको छ ।

तर वाईड बडी विमानका बारेमा भने निगमले खोलेको छैन । दुईवटा वाईड बडी विमानमा घोटाला भएको विषयमा भने निगमले हाल संबैधानिक निकाय, महालेखापरिक्षक लगायत सरोकारबाला निकायलाई स्पष्ठीकरण दिईरहेका कारण केही समयभित्रै त्यसको वास्तविकता बाहिर ल्याउने जनाएको छ ।

श्वेतपत्रमार्फत् आफुले नेपाल वायुसेवा निगमको वर्तमान आर्थिक, व्यवस्थापकिय, मानव संसाधन, भौतिक, यान्त्रिक, ईञ्जिनियरिङ्ग, बजार व्यवस्थापन तथा अन्य स्रोतको स्थिति र उपयोगिता सम्बन्धमा विस्तृत विवरण पेश सरकारलाई पेश गर्न चाहेको अध्यक्ष खरेलको भनाई छ ।

‘यस दस्ताबेजवाट निगमको सुधारको लागि आवश्यक विषय, क्षेत्र र तथ्यहरुको पहिचान गरी कुन–कुन विषयहरुमा सुधार केन्द्रित गर्न जरुरी रहेको छ भन्ने जानकारी प्रदान गर्ने आशा लिएको छु । यसवाट निगम सम्बन्धमा सही धारणा बनाउन सम्बद्ध सबैलाई मद्वत पु¥याउने पनि विश्वास रहेको छ ।’ खरेलले भन्नुभयो ।