‘नेपाल आर्थिक समृद्धिको यात्रातर्फ उन्मुख’


काठमाडौं, (नेस)
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक स्थायीत्वसँगै नेपाल आर्थिक समृद्धिको यात्रातर्फ उन्मुख भएको बताउनु भएको छ । मलेसियाको क्वालालामपुरमा एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको छाता संस्था (इफाप्का) को ४४औं सम्मेलनलाई सम्बोधन गर्दै सिंहले नेपालको अबको लक्ष्य आर्थिक समृद्धि नै हो भन्नुभयो ।

नेपाल सरकारसमेत समृद्ध नेपाल सुखी नेपाली भन्ने अवधारणासहित अघि बढिरहेको जानकारी दिँदै सिंहले समृद्ध नेपाल बनाउन निर्माण उद्योगको भँमिका महत्वपँर्ण रहने बताउनुभयो । भौतिक पँर्वाधारको विकासबाट नै नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्छ भन्नेमा राजनीतिक दलहरुको पनि पँर्ण साथ रहेको सिंहको भनाइ थियो ।

भौतिक पँर्वाधारको क्षेत्रमा विकास गर्दै सन् २०३० सम्ममा नेपाललाई मध्यम आय स्तर भएको मुलुक बनाउने तयारीमा सरकार लागेको उहाँले जानकारी दिनुभयो । आफ्नो लक्ष्य प्राप्तिका लागि सरकारले सार्वजनिक–निजी साझेदारीको अवधारणालाई प्राथमिकता दिएको अध्यक्ष सिंहले बताउनभुयो ।

यसैबीच सम्मेलनबाट इफाप्काको प्रथम उपाध्यक्षमा रमेश शर्मा र प्रस्तावित महासचिवमा जयराम लामिछाने चयन हुनु भएको छ । महासंघका पँर्व अध्यक्ष रहिसक्नु भएका शर्मा र लामिछाने दुवै हाल महासंघका सल्लाहकार हुनुहुन्छ । त्यस्तै इफाप्काको बोर्ड सदस्यमा वीरेन्द्रराज पाण्डे चयन हुनु भएको छ । सम्मेलनमा सहभागी हुन महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डल गत सोमबार मलेसिया गएको थियो ।

सम्मेलनमा सहभागी भएपछि नेपाली प्रतिनिधिमण्डलले मलेसियासहित सिंगापुर र इण्डोनेसियाको समेत भ्रमण गरी भौतिक पँर्वाधारको क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धिको स्थलगत अध्ययन अवलकोन गर्ने कार्यक्रम छ । (इफाप्का) को ४६औं सम्मेलन नेपालमा आयोजना हुँदैछ ।