मोदी इनर्जीको आईपीओ आउँदै


काठमाडौं, (नेस) । तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेगावाट)को प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले करिब ४२ लाख कित्ता साधारण शेयर (१६लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा तथा २५ लाख २० हजार कित्ता सर्वसाधारण) को लागि प्रतिशेयर सय रुपियाँका दरले ४२ करोडको निष्काशन गर्न लागेको हो ।

कम्पनीले सन्राइज क्यािपटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त कार्यको लागि कम्पनीको तर्फबाट सञ्चालक कुमुद कुमार दुगड तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।