सुजुकी जिक्सर बाइक बजारमा


काठमाडौं, (नेस)
नेपालको लागि सुजुकी दुई पांग्रे सवारी साधनको आधिकारीक वितरक भीजी अटोमोबाइल्स प्रालिले नयाँ बाइक जिक्सर एसपी एबीएसलाई नेपाली बजारमा ल्याएको छ ।

पुरानो जिक्सरको तुलनामा यसको लुक्समा कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ । कम्पनीले जिक्सरलाई नयाँ थप कलर भेरिएन्टमा भने सार्वजनिक गरेको छ । नयाँ एसपी एडिसनमा ब्ल्याक गोल्ड डिजाइनको साथमा आएको नयाँ जिक्सरमा नयाँ डबल डिस्क ब्रेक दिइएको छ ।

सिंगल च्यानल एबीएसमा भेरिएन्टको मँल्य २ लाख ९९ हजार ९०० रुपियाँ रहेको छ । १५४.९ सीसी सिंगल सिलिन्डर इन्जिनमा उपलब्ध रहेको छ, जस्ले १४.८ पिएस पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । सबै मोडलमा ५ स्पिड म्यानुयल गेरबक्स दिइएको छ ।

यो नयाँ बाइक सुजुकीको देशभरमा रहेको सबै ७८ वटा शोरुमहरुमा कार्तिक १८ गतेदेखि उपलब्ध गराइएको छ । यसका साथै कम्पनीले सुजुकी दुई पांग्रे सवारी साधनमा ५ वर्षको वारेन्टी पनि प्रदान गरेकोछ । यसै गरी सबै सुजुकी शोरुममा एक्सचेन्ज र फाइनान्सको सुविधा उपलब्ध गरिएकोछ । साथै नेपालभरीबाट स्सपेर पार्टस् र सर्भिस पनि उपलब्ध गराउँदै आएको छ ।