संसदमा विधायकबिच पिटापिट


कावुल,(एजेन्सी)
राजनीतिक अस्थिरता कायम रहकोबेला विहिवार श्रीलंकाको संसदमा भएको भिडन्तमा एकजना विधायक नराम्ररी घाइते भएर अस्पतालै भर्ना हुनुपरेको तथा अर्का एकजनालाई सो भिडन्तका ेक्रममा छुरा प्रदर्शन गरेको अभियोग लगाइएको सरकारी सुत्रले जनाएको छ ।

श्रीलंकामा पछिल्लो समय देखिएको राजीतिक विचलनका ेकारण राष्ट्र प्रधानमन्त्री र मन्त्रीमन्डल विहिन हुन पुगेको हो । विहिवार विवादास्पद प्रधानमन्त्री महिन्दा राजापाक्षे का समर्थकहरुले संसद सभामुख कारु जयसुरियालाई झम्टिन पुग्दा विहानको संसद अधिवेशन बन्द गरिएको थियो ।
रनिल विक्रमसिंगे प्रति वलफादार अन्य विधायकहरुले जयसुरियाको बचाउ गरेका थिए । करिव पन्ध्र दिन अघि विक्रमेसिंघेलाई पदच्युत गर्दै राष्ट्रपति सिरिसेना मैथ्रिपालाले राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए ।

विक्रमेसिंघेका समर्थकहरुले राष्ट्रपतिको यस कदमलाई राजनीतिक विद«ोहको संज्ञा दिएका थिए । विक्रमेसिंघेको युनाइटेड नेसनल पार्टीका एकजना सदस्य पालिथा थेवाराप्पेरुमा एउटा ठूलै छुरा हातमा लिएको अवस्थामा संसदमा देखिएका थिए ।