भारतमा बाँदरले शिशु मा¥यो


नयाँदिल्ली,(एजेन्सी)
उत्तरी भारतमा एउटा बाँदरको टोकाईको कारण एक १२ दिने शिशुको मृत्यु भएको छ । आमाको हातबाट तानेर बाँदरले उनलाई आक्रमण गरेको थियो । आगरा शहर स्थित आफ्रनै घरमा बसेर ति महिलाले शिशुलाई स्तनपान गराइरहेकोबेला अचानक घर भित्र छिरेर बाँदरले आक्रमण गरेको सम्बन्धित पारिवारीक सुत्रलाई उदरित गर्दै विहिवार प्रहरीले जनाएको छ ।

स्थानिय वासिन्दाले लखेट्न थालेपछि बाँदरले नरम्ररी टोकिएका शिशुलाई छिमेकी घरको छानामा खसालेको थियो । सोहि चोटको कारण स्थानिय अस्पतालमा उपचारकै क्रममा बाँदरको ज्यान गएको थियो ।
स्थानिय वासिन्दाले सो क्षेत्रमा वारम्वार बाँदर आतंक दोहरिने गरेको गुनासो गरेका छन् । शिशुका काका धिरेन्द« कुमारले विविसिलाई बताएका छन् , ‘ यस घटनाबाट परिवार अकल्पिनिय शोकमा डुबेको छ । यस क्षेत्रमा थुप्रै बाँदर छन् । हामी डराई डराई बस्नुपर्ने स्थितीमा छौं ।

हामीले स्थानिय प्रशासनलाई यस समस्याबारे धेरे पटक गुनासो गरिसकेका छौं तर अहिले सम्म वेवास्ता गरिएको छ । पिडित आमा अहिले सम्म बोल्ने सक्ने स्थितमा पनि छैन । ’ शिशुकी बज्यै पुष्पा देवीले भनिन् , ‘ यो दुखद घटना हाम्रो परिवारले कहिल्यै पनि भुल्न सक्ने छैन । मैले मेरो नाती गुमाएको छुँ । केहि समय अघि मात्र मैले उनलाई यहि हातले बोकिरहेको थिए । ’ विश्व प्रसिद्ध ताजमहल रहेको आगरामा दुई महिना अघि केहि बाँदरबाट आक्रमण गरिएका एक बालकका ेअझै अस्पतालमा उपचार भइरहेको छ ।