नाम्खालाई चीनको सहयोग


अर्जुन बोहरा, सिमकोट, हुम्ला
हुम्लाको उत्तरी सिमामा जोडिएको नाम्खा गाउँपालिकालाई चीन सरकारले सहयोग गरेको छ । चिनको स्वाशति क्षेत्र तिब्तको पुराङ्गकान्ट्रीले नाम्खा गाउँपालिकालाई चिनिया युएन ३ लाख बराबरको निमार्णका सामग्री सहयोग गरेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामलो बताए ।

आफ्ना भू–भाग संग सिमाना जोडिएका नेपाली जिल्लाहरुका लागि हरेक बर्ष विभिन्न किसिमका सहयोग दिंदै आईरहेको चिन सरकारले यस बर्ष पनि बस्तुगत सहायता अन्र्तगत नाम्खा गाउँपालिका स्वास्थ्य क्षेत्रको भवन निमार्णका लागि जस्तापाता, फलाम रड, सरीया, सिमेन्ट ग्याबिन तार लगायतका सामग्री उपलब्ध गराएको हो ।

हुम्लाको नाम्खा गाउँपालिका, सिमकोट खार्पुनाथ गाउँपालिका समेत तिब्बतसंग जोडिएका गाँपालिका भएकाले हरेक बर्ष स्वाथ्य शिक्षा भौतिक लगायतकाको निमार्ण भन्दै सहयोग गरेको छ ।

तिब्बतको ताक्लाकोटमा एक कार्यक्रम विच आयोजना गरी चिनिया प्रतिनिधि मण्डल, हुम्ला जिल्ला बाट निर्वाचित प्रतिनिधी सभा संसद छक्कबहादुर लामा र नाम्खा गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामाको तर्फबाट कार्तिक १२ गते सम्झौता भएको थियो।

नाम्खा गाउँपालिकाको अध्यक्ष विष्णुबहादुर लामाको रोहवरमा चीन सरकारले जस्ता पाता, सिमेन्ट, सरिया ग्याविन उपलव्ध गराएको हो । चीनको ताक्लाकोटबाट १२ सय जस्तापाता, तीन सय १५ बोरा सिमेन्ट, पाँच हजार ४५ केजी सरिया, ग्याबिन गरी ४५ देखि ५० लाख मूल्य बराबरको सामान चीन सरकारले उपलव्ध गराएको नाम्खा गाउँपालिका अध्यक्ष लामाले जानकारी दिएका छन ।

चिन सरकारले विगतका बर्षमा पनि चिनसंग सिमाना जोडिएका जिल्लाहरुका लागि बस्तुगत सहायता अन्र्तगत सहयोग दिंदै आईरहेको छ । चिन सरकारवाट उपल्व्ध हुने बस्तुगत सहायता अन्र्तगतका सामानहरु स्वाथ्य चौकी भवन मर्मत गरिने नाम्खा गाउँपालिका अध्यक्ष लामाले बताए ।