देउसी भैलोको ३ लाख सामाजिक कार्यमा लगानी गरिने


सरिता चलाउने, सल्यान
सल्यानमा युबाहरुले तिहारको देउसी भैलो बाट ३ लाख रकम संकलन गरेका छन । सल्यानी यूवा सञ्जाल सल्यानले तिहारमा खेलेको देउसीभैलो बाट ३ लाख ४७ हजार ३ सय १५ रुपैँया संकलन भएको हो । ।

देउसी भैलो बाट सकंलन भएको सम्पुर्ण रकम सामाजीक कार्यमा लगानी गर्ने भएका छन । सल्यानी युबा सन्जालले तिहारको अवसरमा जिल्लाका बिभिन्न क्षेत्रहरुमा देउसी भैलो खेलेको थियो ।

जसमा यातायात, साउड सिस्टम, कलाकार खर्च, खाना र नास्तामा गरेर १ लाख ९३ हजार ५ सय २५ रुपैँया खर्च कटाएर बाकी रहेको पैसा जिल्लामा बिभिन्न सामाजीका कार्यमा लगानी गरिने युबा सन्जालले जनाएको छ । सञ्जालका उपाध्यक्ष सन्तोष बिकले १ लाख ५३ हजार ७ सय ९० रुपैँया बचत भएको बताउनु भयो । साथै बचत भएको सो रकम सल्यानी यूवा सञ्जालको निर्णय अनुसार जिल्लामा शैक्षिक अभियान लगायत बिभिन्न अभियान चलाएर सामाजीक कार्यमा खर्च गरिने उहाँले बताउनु भयो ।

विगत दुई वर्ष देखि देउसी भैलो खेल्दै आएको सन्जालले विगतका वर्षहरुमा पनि संकलन भएको केहि रकम सामाजिक कार्यमा खर्च गरेको सनजालका उपाध्यक्ष बिकेले बताउनु भयो ।

यस वर्ष पनि देउसी भैलो बाट संकलन रकम सामजीक कार्यमा खर्च गरिने सन्जालले जनाएको छ । सन्जालले सल्यानीको मौलिक कलाहरुलाई जोडदै एकता र सदभाब छर्दै जिल्लाका युबाहरु मिलेर कार्तिक १९ कागतिहारको दिन देखि २२ सम्म देउसी भैलो सम्पन्न गरेको सल्यानी युवा सन्जालका अध्यक्ष सुर्दशन बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४ दिन सम्म सन्चालन भएको देउसी भैलो बाट ३ लाख ४७ हजार ३ सय १५ रुपैया सकंलन भएको र यो सबै रकम सामाजीक कार्यमा खर्च गरिने उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो हाम्रो सन्जालले बिभिन्न उदारणीय काम गर्दै आईरहेको छ, यस बर्ष पनि केही काम गर्नको लागी देउसी भैलो कार्यक्रमको आयोजना गरका हौ, यस रकमले बिशेष त जिल्लामा शैक्षिक अभियान सन्चालन गर्ने सन्जालका अध्यक्ष बुढाथोकीले बताउनु भयो ।

गत साल पनि भैली बाट सकंलन भएको रकम बिभिन्न सामाजीक अभियानमा खर्च गरिनुका साथै सबै बर्गलाई समेटने गरी आँखा शिबिर र स्वास्थ्य शिबिर सन्चालन गरिएको उहाँले बताउनु भयो ।

यस्तै बागचौर नगरपालीका वडा नम्बर २ लस्तम सोरठी नाचले देउसी भैलो बाट जम्मा भएको रकम गाउँमा आवश्यक बिभिन्न कार्यमा खर्च गरिने भएको छ । भैली बाट ७६ हजार २ सय २२ रुपैया सकंलन भएको छ । सोरठी नाच संरक्षण समितीका अध्यक्ष ओज बहादुर केसीका अनुसार भैलोबाट संकलन भएको रकमलाई सामाजिक क्षेत्रमा खर्च गर्ने निर्णय गरेको हो । सोरठी नाचले तीन दिन भैलो खेलेको थियो ।