रहेनन् पत्रकार बस्याल


बर्दिया, (नेस)
नेपाल पत्रकार महासंघ (तत्कालिन संघ) जिल्ला शाखा बर्दियाका संस्थापक सचिव एवम् पूर्व सभापति पत्रकार ईश्वरी प्रसाद बस्यालको निधन भएको छ । हिजो(मंगलबार) बिहान आफ्नै निवास मधुवन नगरपालिका स्थित सूर्यपटुवा, रजुवारामा ५६ बर्षको अल्पायुमै निधन भएको हो ।

स्वर्गीय बस्याल पेट सम्बन्धी समस्याले ग्रसित हुनु हुन्थ्यो । पछिल्लो एक महिनामा बढि समस्या भएको पारिवारिक श्रोतले जनाएको छ । उहाँका दुई छोरा र एक छोरी छन् । उहाँ नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद बस्याल(राकेश)का सहोदर दाजु पनि हुनुहुन्छ ।

स्वर्गीय बस्याले २०४७ साल देखि करिब एक दशक सम्म राष्ट्रपुकार साप्ताहिकमा बर्दियाबाट सम्बाददाताको रुपमा काम गर्नु भएको तथा स्थानीय स्तरमा कर्णाली साप्ताहिक र बर्दिया सन्देशको प्रकाशक तथा सम्पादकको रुपमा पनि काम गर्नु भएको थियो ।

स्वर्गीय बस्यालको निधन प्रति नेपाल पत्रकार महासंघ बर्दिया शाखाले एक प्रेस बिज्ञप्ति जारी गर्दै गहिरो शोक र दुःख ब्यक्त छ । साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना अर्पण गरेको छ ।