मुहार फेर्दै मुसिकोट


धनवीर दाहाल, रुकुम
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ मा रहेको ऐतिहासिक मुसिकोट दरबारको नामले परिचित मुसिकोट डाँडाको संंरक्षणमा जिल्लाका विभिन्न निकायहरु अघि सरेका छन् । मुसिको नामले परिचित उक्त डाँडालाई पर्यटन क्षेत्रका रुपमा विकास गर्ने भन्दै केही महिना अघि मात्र वृक्षरोपण तथा तारजालीले व्यवस्थित गराईएको छ ।

पर्यटनको राम्रो संभावना बोकेको मुसिकोट डाँडाको संरक्षणमा जिल्लाका विभिन्न निकायहरु एकैसाथ जुटेपछि मुसि डाँडाको मुहारै फेरिएको छ । स्थानीय जन श्रमदान तथा विभिन्न निकायको आर्थिक सहयोगमा मुसिकोट दरवार उद्यान निर्माणलाई व्यवस्थित गरी जिल्लाकै एक पर्यटकिय क्षत्रको रुपमा विकास गर्न लागिएकोे हो । करिब ४ रोपनी क्षत्रफल ओगटेको मुसिकोट दरवार उद्यान निर्माणलाई व्यवस्थित र सुन्दर बनाउनका लागि १२ लाख बढी रकम खर्च गरिएको छ । कुनै समय जिर्ण बनेको मुसिकोट डाँडाको उद्यान निर्माण पछि अब भने यो स्थानबाट विभिन्न ठाउँहरुको अवलोकन गर्न सकिने भएको छ ।

कुनैबेला नेपाली सेनाको क्याम्प रहेको यो डाँडामा सर्वसाधारणका लागि समेत प्रवेशमा रोक लगाईएको थियो । करिब पाँच वर्ष जति नेपाली सेनाले भाडामा प्रयोग गरेको उक्त मुसिकोट डाँडाबाट नेपाली सेनाको अस्थायी क्याम्प हटाईएपछि यो ठाउँ केवल बस्तुभाउ चरिचरण गर्ने क्षत्रमा परिणत भएको थियो । तर, पर्यटनका हिसाबले जिल्लाकै एक महत्वपुर्ण स्थानको रुपमा चिनिएको यो डाँडालाई थप व्यवस्थापन गर्नका लागि विभिन्न निकायहरु संरक्षणमा जुटेका हुन् ।

तर, यो सहयोग पनि अप्रयाप्त हुने भएकाले यस स्थानको चिनारीका लागि राज्यले अझै केही गर्र्नुपर्ने स्थानीय लोकेन्द्र शाहको भनाई छ । नगरपालिका भित्रका थुप्रै पर्यटकिय क्षत्रको व्यवस्थापनका लागिअब मुसिकोट नगरपालिकाले पनि ऐतिहासिक पर्यटकिय स्थलको खोजीगर्ने कामलाई अघि बढाउने बताएको छ । मुसिकोट डाँडाबाटै मुसिकोट नगरपालिकाको नाम रहन गएकाले पनि मुसि डाँडालाई ऐतिहासिक पर्यटकिय क्षत्रको रुपमा विकास गर्ने नगरपालिकाको आगामी योजना रहेको मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले बताउनुभयो ।

वि.सं.१७६० साल तिर मुसि मार्फत पत्ता लगाईएको यस डाँडालाई मुसिकोट दरवारका रुपमा चिन्ने गरिन्थ्यो । बाईसे तथा चौबिसे राज्यको समयमा नेपाल एकिकरण भएलगत्तैत्यसपछि यो डाँडाओझेलमा परेको थियो । तर, पछिल्लो समय उक्तडाँडाको उचित संरक्षणमा सरकोकारवाला निकायको ध्यान गएसंगै अबभने आन्तरिक पर्यटकहरुको भिड लाग्ने अनुमान गरिएको छ ।