नेप्सेको अनलाइन प्रणालीले हिस्स बनायो


सुधार गर्दै छौं: नेप्से

नेपाल समाचारपत्र, काठमाडौं
अनलाइन प्रणालीमा गएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारमा देखिएको समस्या अझै समाधान हुन सकेको छैन । नेप्से कारोबारमा निरन्तर समस्या आएपछि लगानीकर्ता समस्यामा पर्न थालेका छन् ।

अनलाइन प्रणालीमा गएपछि उत्सहित हुनुको साटो निरुत्साहित हुने स्थिति आएको भन्दै नेपाल इन्भेष्टर फोरमले नेप्से व्यवस्थापनलाई छिटो सुधार गर्न दबाब दिएको छ । अनलाइन प्रणालीमा हरेक दिन नया“–नया“ समस्या आएको भन्दै त्यसलाई सुधार गर्न अल्टिमेटम दि“दै एक दुई दिनभत्रै समाधान नभए आन्दोलन गर्ने चेतावनी पनि फोरमले दिएको छ ।

पर्याप्त तयारी नगरेको तथा उत्पन्न समस्यालाई नेप्सेले हलुका तरिकाले हेरेको लगानीकर्ताको आरोप छ । तर, नेप्सेले अधिकांश समस्या समाधान भइसकेको भन्दै प्राविधिकहरुले रात दिन काम गरेको जनाएको छ ।

अनलाइनमा प्रणालीमा समस्या उत्पन्न हु“दा लगानीकर्ताले शेयर खरिद बिक्री पाएका छैनन्, कहिले डिस्प्ले नहुने, कहिले कारोबारकर्ताको विवरण नआउने तथा कहिले युनिक क्लाइन कोड (युसीसी) मा समस्या आउने गरेको छ । नेप्सेका अनुसार हालसम्म देखिएका समस्या समाधान भइसकेको हु“दा अब अनलाइन प्रणाली सुचारु हुने बताएको छ । ‘नया“ प्रणाली स्थापना भएपछि लगानीकर्ताले सामाना गर्नुपरेको मुख्य समस्या कारोबार विवरण रियल टाइममा हेर्न नपाउने थियो । यो समस्या कारोबार प्रणालीस“ग नभई कारोबार विवरण प्रसारण गर्ने माध्यममा भएको समस्या हो,’ नेप्सेले भनेको छ ।

कारोबार प्रणालीमा भएको विवरण (एपीआई) मार्फत नेप्से वेबसाइटमा डिस्प्ले गर्दा डाटा एक्सेचन्जमा केही समस्या भएका कारण विवरण पठाउन नसक्दा सर्वसाधारणले वेबसाइटमार्फत अपडेट गरिएका सूचना पाउन सकेका थिएनन् । तर, हाल यो समस्या समाधान भइसकेको नेप्सेको दाबी छ ।

लगानीकर्ताले एउटा ब्रोकरमा देखिरहेको मूल्य र अर्को ब्रोकरमा देखिने मूल्य फरक परेको गुनासो गरेका छन् । तर, नया“ प्रणालीमा प्रत्येक ब्रोकरले कनेक्सन स्थापित गर्ने क्रममा समस्या उत्पन्न हु“दा मूल्य फरक देखिएको नेप्सेको भनाइ छ ।

यस्तै, राफसाफ तथा फस्र्योटमा पनि विलम्ब भइरहेको, क्लियरिङ बैंकले वित्तीय रुपमा रकम भुक्तानीलाई सहज बनाएको छ । तर, नेप्सेमा हाल आबद्ध ४ वटा क्लियरिङ बैंकमध्ये एउटाले मात्र आफ्ना ग्राहकलाई यो सुविधा प्रदान गरेको छ । अन्य ३ वटा क्लियरिङ बैंकलाई पनि विद्युतीय रुपमा पैसा भुक्तानी गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको नेप्सेले बताएको छ ।

अनलाइन प्रणालीमा आएको समस्याका कारण १५ लाख लगानीकर्ताको १४ खर्बभन्दा बढीको सम्पत्ति बन्धक भएको भन्दै नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले अहिले ५० वटा ब्रोकरले चलाउ“दा उत्पन्न भएको यो समस्या भोलि लाखौं लगानीकर्ताले चलाउ“दा के होला त्यसप्रति नेप्से सचेत हुनुपर्ने बताउनुभयो ।

अनलाइन प्रणालीमा आएको समस्याका बाबजुत सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १३ दशमलव शून्य ३ अंकको गिरावट आएको छ ।

यस दिन कुल १ सय ३१ कम्पनीको ४ लाख ४३ हजार ३५५ कित्ता शेयर खरिद बिक्री हु“दा १३ करोड ३७ लाख ७९ हजार ७९६ रुपिया“को कारोबार भएको छ । यद्यपि, यो अघिल्लो दिनको दिनमा कारोबार बढेको हो ।

सोमबार सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । यस बैंकको१ करोड २५ लाख ९० हजार रुपिया“को शेयर कारोबार भएको छ ।

त्यस्तै सोमबार सर्वाधिक कमाउनेमा नबिल इक्विटी फन्डका लगानीकर्ताहरु रहेका छन् । यस कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ । त्यस्तै धेरै गुमाउनेमा अपी पावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । यसको कम्पनीको शेयर मूल्य ९ दशमलव ८१ प्रतिशतले घटेको छ । यस दिन फाइनान्स समूह मात्र बढेको छ भने बा“की सबै समूह घटेका छन् । समग्र परिसूचक १२ सयभन्दा कममा ओर्लिएको दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ दशमलव ६६ अंकले घटेर २ सय ५३ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ ।