नेपाल समाचारपत्र पर्वत
बहुप्रतिक्षित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मिर्मी–कुस्मा–मालढुंगा खण्डको काम समयमा हुन नसकेको भन्ने जनगुनासोपछि पर्वतका सांसद पदम गिरीले समयमा काम गर्न निर्माण कम्पनीलाई दबाब दिनुभएको छ ।
व्यापक दबाबपछि सो सडक खण्डको कार्यले तीव्रता पाएस“गै स्थानीयबासीसमेत आशावादी बनेका छन् । कालीगण्डकी करिडोर सडक आयोजनाले पर्याप्त बजेट विनियोजन गरेको भए पनि निर्माण कम्पनीले समयमा काम गर्न सकेको थिएन ।
योजनाका अनुसार यस वर्ष ३ वटा मोटरेवल पुलका लागि २१ करोड रकम विनियोजन गरी ठेक्का प्रक्रियामार्फत काम जिम्मा लिएर पनि समयमा काम गर्न सकेको थिएन । आयोजनाले यस आर्थिक वर्षभित्रमा ट्रयाक खोल्न बा“की २ किलोमिटर र ३ वटा मोटरेबल पुलको कामलाई तीव्रता दिएर आगामी वर्ष हिउ“दमा सडक सञ्चालन गर्ने तयारी गरेको बताइएको भए पनि काम हुन नसक्दा स्थानीयहरु निराश बन्दै आएका थिए ।
समयमा काम सक्न निर्देशन दिएको छु सांसद गिरीले भन्नुभयो–‘अर्थ मन्त्रालयदेखि निर्माण कम्पनीलाई जिम्मेवार भएर काम गर्न आग्रह समेत गरिएको छ । लोकमार्गमा पर्ने पर्वतको फलेवासदेखि स्याङ्जाको मिर्मी जोड्ने सडकअन्तर्गत खबरको भीरमा काम तीव्र पारिएको छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त यो आयोजनालाई केही समय पहिला बाग्लुङ खण्डबाट शुरु गरेपछि सडक निर्माणले तीव्रता पाउन सकेको थिएन । राष्ट्रिय सडकलाई पहु“चको भरमा क्षेत्रीय सडकमा झारेका कारण काम हुन नसक्दा पर्वतका सर्वसाधारण निराश बनेका थिए ।
भारत र चीनस“गको व्यापारिक सडकको रुपमा नेपाल सरकारले राष्ट्रिय योजना बनाएर शुरु गरिएको यस सडकमा भएको राजनीतिका कारण विभिन्न समयमा सडकको नाम तथा रेखाङ्कन समेत बदलिएको थियो । सडकमा भएको राजनीतिकरणका कारण भारतसं“गको सिमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने सुनौली–मिर्मी–फलेबास–जोमसोम–कोरल्ला ३ सय ७७ किलोमिटर लामो सडकलाई क्षेत्रीय सडकमा झारिएको थियो भने मिर्मी–बागलुङ–जोमसोम ४ सय ५७ किलोमिटर लामो कालीगण्डकी करिडोरलाई यस वर्षदेखि राष्ट्रिय गौरबको योजनाको रुपमा राखि काम तिव्र पारिएको हो ।
कालीगण्डकी करिडोरको बाग्लुङ खण्डभन्दा ८० किलोमिटर छोटो तथा भौगोलिक हिसाबले पनि महत्वपूर्ण यस सडक निर्माणपछि उत्तर–दक्षिण जोड्न सहज हुने कार्यालयको भनाइ छ । कार्यालयका अनुसार यस लोकमार्गमा पर्ने पर्वतको मोदीबेणीमा मोदी नदीको पुल ९ करोड लागतमा, फलेवास र कुर्घाको बिचमा पर्ने लमायाखोलाको पुल ५ करोड ७४ लाख लागतमा, सेतीबेणीमा सेतीखोलाको पुलका लागि ६ करोड लागतमा निर्माणका लागि ठेक्का सम्झौता भई काम अगाडि बढिसकेको भए पनि निर्माण कम्पनीले जिम्मा लिएर काम गरेका छैनन् । बा“की रहेको मिर्मीमा आ“धीखोलामा पुल निर्माणका लागि पनि आफूले दबाब दिइरहेको सांसद गिरीले जानकारी दिनुभयो
प्रतिक्रिया