पाँचवटा नयाँ पर्यटकीय गन्तव्य छनोट


इलाम, (नेस)
सरकारले देशभरका सय वटा पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेस“ंगै उक्त सूचीमा इलामको पा“चवटा नया“ पर्यटकीय गन्तव्यको रुपमा छनोटमा परेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका आधारमा देशभरबाट नया“ एकसय पर्यटकीय गन्तव्यको छनोट गरेको थियो ।

ज्सअनुरुप इलामको सूर्योदय नगरपालिकाभित्रकै तीनस्थान र सन्दकपुर गाउ“पालिकाको दुईवटा स्थान नया“ पर्यटकीय गन्तव्यको रुपमा छनोटमा परेको हो । जसमा सूर्योदय नगरपालिकाबाट कन्याम, फिक्कल र श्रीअन्तु तथा सन्दकपुर गाउ“पालिकाबाट रामसार क्षेत्र माइपोखरी र सन्दकपुर छनोटमा परेको हो ।

इलामकै अग्लो स्थानमा रहेको सन्दकपुर नेपाल–भारत सिमावर्ती क्षेत्रमा पर्दछ । यहा“बाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न देशका ६० भन्दा बढी हिमाल देख्न सकिन्छ । यस्तै रामसार क्षेत्रमा सूचीकृत माइपोखरी प्रमुख धार्मिक ऐतिहासिक तथा तथा जैविक विविधताले भरिपूर्ण सुन्दर गन्तव्यको रुपमा परिचित छ । यस्तै सूर्यको पहिलो किरण देखिने सूर्योदयसं“गै प्राकृतिक रुपले पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ ।

त्यसैगरी चिया बगानले हरीयाली कन्याम तथा इलामकै ठूलो नगरपालिका, प्रमुख व्यापारिक केन्द्र तथा जिल्लाको मुख्य केन्द्रबिन्दुको रुपमा पर्ने फिक्कल बजार पनि उत्कृष्ट पर्यटकीय गन्तब्य रहेको छ । फिक्कल सूर्योदय नगरपालिकाको केन्द्र पनि हो ।
सरकारले स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने र नया“ विकास गर्न आवश्यक भएको भन्दै देशभरबाट दुईसय नया“ र पुराना गन्तव्य पहिचान गरिएकोमा नयाँ गन्तव्यमात्रै एकसय रहेका छन् ।