इफाप्का सम्मेलनमा भाग लिन महासंघ टोली मलेसियामा


काठमाडौं, (नेस)
मलेसियामा हुने एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था (इफाप्का) को ४४औं सम्मेलनमा भाग लिन नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ । मलेसियाको राजधानी क्वालालामपुरमा हुने सम्मेलनमा महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ ।

सम्मेलनमा सहभागी हुन जाने प्रतिनिधिमण्डललाई अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका उपाध्यक्ष पेम्बा लामा शेर्पा, कोषाध्यक्ष हिरण श्रेष्ठसहित महासंघ सचिवालयको टोलीले बिदाइ ग¥यो । सम्मेलनमा निर्माण क्षेत्रमा देखा परेका चुनौती र समाधानका बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । इफाप्का सदस्यहरुबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा पनि सम्मेलनका क्रममा छलफल हुने बताइएको छ । सोमबारबाट शुरु हुने सम्मेलन चार दिनसम्म चल्नेछ । नेपाली प्रतिनिधिमण्डलले मलेसियासहित सिंगापुर र इण्डोनेसियाको समेत भ्रमण गरी भौतिक पूर्वाधारको क्षेत्रमा ती राष्ट्रले हासिल गरेका उपलब्धिको स्थलगत अध्ययन अवलकोन गर्ने कार्यक्रम छ ।