अनलाइनमै व्यक्तिगत घटना दर्ता


धर्मेन्द्र बिसी, अछाम
अछाम जिल्लाको ढकारी गाउँपालिकाकाले ब्यक्तिगत घटना दर्ता अनलाईन मार्फत गर्ने भएको छ । बदलिदो परिवेशलाई मध्यनजर गर्दै गाउँपालिकाका आठ वटै वडा कार्यालयहरु मार्फत गरिने ब्यक्तिगत घटना दर्ता अनलाईन मार्फत गर्ने ढकारी गाउँपालिकाका अध्यक्ष धन बहादुर बुढाले बताउनु भयो ।

सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाहा गर्ने उदेश्यले अनलाईन दर्ता सुरु गर्न लागिएको अध्यक्षले बताए । यस्तै अध्यक्ष बुढाले ढकारी गाउँपालिकामा फ्री वाइफाई सेवा सुरु गर्न लागेको बताउनु भएको छ । ब्याक्तिगत घटना दर्ता अनलाईन मार्फत सुरु गर्ने क्रममा ढकारी गाउँपालिकाको वडा नं. १ ले आज इन्टरनेट (वाईफाई) जडान गर्ने काम सम्पन्न गरेको छ ।

गाउँपालिकाले सबै वडामा ब्याक्तिगत घटना दर्ता अनलाईन मार्फत गर्ने योजना ल्याएपछि आफूले वडा कार्यालयमा इन्टरनेट जडान गरेको ढकारी वडा नं. १ का वडा अध्यक्ष भवानी प्रसाद उपाध्यायले बताउनु भयो । वडा अध्यक्ष उपाध्यायले भन्नुभयो वडा कार्यालयबाट गरिने ब्याक्तिगत घटनाका दर्ता का साथै सम्पूर्ण सरकारी कामकाज अनलाईन मार्फत गर्ने बताउनु भयो ।

यस अघि ढकारी गाउँपालिकाले अछाम जिल्लाका स्थानिय तह मध्यकै पहिलो मोबाइल एप संञ्चालनमा ल्याइसकेको छ । जसमा सर्बसाधारणहरुले गाउपालिकाले गर्ने सम्पुर्ण क्रियाकलापहरुको जानकारी, गाउँपालिकाका लागि सुझाव, जनताका समस्या, गुनासा तथा उजुरी मोबाइल एप बाट नै उचित सम्बोधन गर्दै आएको कुरा ढकारी गाउपालिकाका सुचना प्रबिधि अधिकृत बिक्रम बोहराले जानकारी दिनुभयो । उहाँले अनलाइन प्रणालीको प्रयोग गरी वडा कार्यालयहरुबाटै बिभिन्न सेवाहरु प्रवाह गर्नको लागी गर्नुपर्ने र सम्भाव्यता अध्ययन गरिसकेको बताउनुभयो ।