अबैध भरतीय रुपैयाँ सहित १ जना पक्राउ

0
Shares

कृष्ण उदास खनाल, वीरगन्ज ।

प्रहरीले वीरगन्जबाट अबैध रुपमा नेपाल भित्राउँदै गरेको अवस्थामा दुई लाख भारतीय रुपैयाँ सहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला थाना रक्सौल वडा नं. २२ नागारोड बस्ने वर्ष १९ बर्षका रोहितकुमार शर्मालाई अवैध भारुसहित पक्रेको हो । अवैध रुपमा विदेशी मुद्रा वीरगन्ज रक्सौलको सिमा नाका हुँदै नेपालतर्फ भित्राउँदैछ भन्ने विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोकबाट शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शर्माको साथबाट भारतीय रुपैयाँ ५ सय दरका ४ सय थान अर्थात २ लाख फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।उनलाई थप आवश्यक अनुसंधानका लागि राजश्व अनुसंधान कार्यालय पथलैयामा बुझाइएको पनि उनले जानकारी दिए ।