नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । उनको नेवारी परम्पराअनुसार काठमाडौंको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हो ।

तुलाधरको शवयात्रा निवास लाजिम्पाटदेखि शोभाभगवतीसम्त गरिएको थियो । शवयात्रामा सयौं मानिसहरु, विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु सहभागी थिए ।

तुलाधरको आइतबार मष्तिस्कघातका कारण काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।