डोल्पाको भेरी नदिमा जिप खस्दा १० जनाको ज्यान गयो, उद्धार कार्य जारी

0
Shares

नेपाल समाचारपत्र, डोल्पा ।

डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।

सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पा प्रहरीले जानकारी दिएको छ ।

डोल्पा जिल्लाको ठुलिभेरि नगरपालिका स्थित सडकबाट २५ मिटर तल नदिमा खसेको डोल्पाका एक प्रहरी अधिकारीले जानकारी दिए । मृत्यु हुनेमा ७ जना महिला र ३ पुरुष रहेको बताइएको छ ।

घटनामा उद्दार गरिएकाहरूको डोल्पा जिल्ला अस्पतालमा उपचार भैरहेको डोल्पा स्थित एक प्रहरीले जानकारी दिए । दुर्घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।