पाल्पा,
तिहार पर्व नजिकिदै जाँदा पाल्पा जिल्ला सदरमुकाम तानसेन र आसपासका क्षेत्रका विभिन्न पेयपदार्थ पसल र मीठाइ पसलको अनुगमन गरिएको छ ।
जिल्ला स्तरीय संयुक्त अनुगमन टोलीले पाल्पाको विभिन्न पेय पदार्थ विक्री गर्ने थोक विक्री पसलको अनुगमनको क्रममा उपभोग्य मिति सकिएका कोकाकोला ब्राण्डका पेय पदार्थ बजारमा विक्रि गर्दै गर्दा डिलर र थोक विक्रेतालाई पक्राउ गरी कारवाही अगाडि बढाएको जनाएको छ ।
बजार अनुगमनको समयमा खुद्रा विक्रेताहरुबाट एक दुई दिन अगाडि खरिद गरेको कोक, फेन्टा, स्प्राईट, कोका कोला क्यान जुसहरु उपभोग्य मिति सकिएको पाइएपछि संयुक्त अनुगमन टोलीले थोक विक्रेता र डिलरहरुको पिछा गरी पक्राउ गरेको हो ।
पाल्पाका पेय पदार्थ डिलरको रुपमा रहेको दर्शन सप्लायर्स, होलसेलरको रुपमा रहेको पाण्डे सप्लायर्सले दशै तिहारको अवसरमा पाँच सय एमएलको बोतल देखी सवा २ लिटर सम्मको कोक, फेन्टाको बोतल प्लास्टिकको काटुर्नमा उपभोग्य मिति सकिएका वस्तु मिसाउदै विक्रि गर्दै गरेको अवस्थामा संयुक्त अनुगमन टोलीले रङ्गे हात पक्राउ गरेको हो ।
संयुक्त अनुगमन टोलीले रिव्दिकोट गाउँपालिकाको हार्थाेकमा थोक विक्रेता पाण्डे मदिरा सप्लायर्सले उपभोग्य मिति सकिएका कोकाकोला विक्रि गर्दै गर्दा भेटिएपछि शंङ्का गरी गोदाममा छापा मार्दा विक्रि गर्न बजार लैजाने तयारीमा रहेको करीव पाँच सय लिटर मिति सकिएका कोकाकोला जफत गरी नष्ट गरेको छ ।
यसैगरी दर्शन सप्लायर्सबाट करीव एक ट्रक उपभोग्य मिति सकिएका कोकाकोलाको पेय पदार्थ जफत गरी नष्ट गरेको छ । दर्शन सप्लायर्सको गोदाम शिल गरेको र पाण्डे सप्लयार्स गोदामबाट ठूलो परिणामामा पेय पदार्थ जफत गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकृत हुम बहादुर पाण्डेले बताए । गोदाममा अखाद्य पदार्थ भेटेपछि प्रशासनले गोदाम शिलवन्दी पनि गरेको छ ।
उपभोग्य मिति सकिएका पेय पदार्थको सेवन गर्नु भनेको विस सेवन गर्नु जस्तै हो, यसले, शरिरका मुटु कलेजो, आन्द्रामा असर पु¥याउने, पाचन पक्रियामा समस्या ल्याउने, जस्ता समस्या आउने खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका निमित्त डिभिजन प्रमुख नरेश श्रेष्ठले बताए ।
यसै गरी तिहार नजिकै जादाँ विभिन्न किसिमका मिठाईको कारोवार बढ्दै गएको समयमा अनुगमन टोलीले तानसेनका मिठाई पसल तथा उत्पादन स्थलहरुमा अनुगमन छ ।
अनुगमनमा मिठाई उत्पादन हुने स्थान, सामाग्रीहरुको प्रयोग, मिठाईमा प्रयोग गरिने साम्रागीहरुको गुणस्तरीयता, उत्पादन स्थलको सरसफाई, उत्पादनको प्याकिङ्गको अवस्था, मिठाई विक्रि गर्ने स्थानहरुको निरिक्षण गरिएको थियो ।
तानसेनका विभिन्न मिठाई पसलहरुमा गरिएको अनुगमनमा उत्पादन स्थलमा मिठाईहरु नछोपी राखिएको, मिठाई उत्पादनमा विरामी कामदारको प्रयोग गरिएको, किचनमा पूर्ण रुपमा सरसफाई नभएको, मिठाई प्रयोग गरिने फलेवरको उपभोग्य मिति सकिएको, मिठाईमा चमक ल्याउन, मानिसले प्रयोग गर्ने गरी फेस वास राखिएको , उपभोग्य मिति सकिएका विभिन्न किसिमका जुस तथा पेप्सी र मिरिण्डाको बोतल भेटिएको मिठाईमा प्रयोग गरिने चान्सीहरुमा झिगां मरेको भेटिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकिय अधिकृत एवं सूचना अधिकृत हुम बहादुर पाण्डेले बताए ।
एक पटक अनुगमन भएका पसलहरुको पुन एक महिना पछी अनुगमन गर्दा समेत हाल देखिएका कमी कमजोरी देखिएका सम्बन्धित व्यवसायीहरुलाई सिधै कानुनी कारवाहीका लागि मुद्दा चलाउने अधिकृत पाण्डेले जानकारी दिए ।











प्रतिक्रिया