साउदी राजकुमार हिरासतमुक्त


रियाद,(एजेन्सी)
साउदी राजकुमार खालेद विन तलाललाई आइतवार त्यहाँको सरकारले हिरसत मुक्त गरेको छ । उनका निकटका आफन्तहरुले यसै साता राजकुमारले आफ्ना परिवारसंग बसेर खिचेका तस्वीरहरु सामाजिक संजालमा राखेका छन् ।

खालेद साउदी नरेश सलमानका काकाको छोरा हुन् । उनलाई झण्डै एक वर्ष कारावासमा राखिएको छ । गत वर्ष भ्रष्टाचार विरुद्धको कडा अभियानको दौरान खालेदका दाजु राजकुमार अल्वालिद विन तलाल लगायत अन्य दर्जनौं राजकुमार तथा अन्य वरिष्ठ अधिकारीहरुलाई पक्रउ गरिएको थियो ।

साउदी पत्रकार जमाल खासोगीको हत्यालाई लिएर साउदी युवराज मोहमद विन सलमान माथि व्यापक अन्तर्राष्ट्रिय दवाव बढिरहेकोेबला खालेदलाई हिरासत मुक्त गरिएको हो । खासोगीलाई टर्कीको राजधानी इस्तानवुल स्थित साउदी नियोगमा हत्या भएको थियो ।
तुर्केली सरकारले उनको साउदी एजेन्टहरुबाट हत्या भएको आरोपी लगाएको थियो । तर साउदी सरकारले खालेदको गिरफतारी र रिहाइ दुवैका औपचारिक कारण दिएको छैन ।