कञ्चनपुरको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, १५ घाईते


मनोज भट्ट,  महेन्द्रनगर । पुर्व–पश्चिम महेन्द्रन राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, काङ्गला पुल नजिक आईतवार मलामी बोकेको ट्रयाक्टर पल्टिदा २ जनाको मृत्यु भएको छ । मलामीबाट फर्किदै गरेको से १ त ५४२२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए ।

मृत्यु हुनेमा कञ्चनपुर बेदकोट नगरपालिका–४ बैतडाका ३२ बर्षीय प्रेम सिँह धामी र सोही स्थानका ३५ वर्षीय राजेन्द्र जाग्री रहेका छन् । अरु १७ जना घाईते भएका छन् ।

घाईतेहरुमध्ये बेदकोट नगरपालिका–४ कै १६ वर्षीय दिलिप भण्डारी, २० वर्षीय दिपक धानुक, ३६ वर्षीय अनु धानुक, ५६ वर्षीय भक्तबहादुर महरा, १७ वर्षीय प्रकाश जोशी, ३२ वर्षीय प्रेमसिह जाग्रीको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतीय अस्पतालमा रेफर गरिएको छ । बेदकोट नगरपालिका–४ कै २४ वर्षीय दयानन्द भट्ट, ३० वर्षीय जयराम जाग्री, ५५ वर्षीय मानसिक जाग्री, ६३ वर्षीय कल्यान सिह बोहरा, ३६ वर्षीय दिलबहादुर जाग्री, ३० वर्षीय प्रताप साउद र ३९ बर्षिय सिद्धमान साँउनको महाकाली अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।

बेदकोट नगरपालिका–४ बैतडाका ८४ वर्षीय नरीभान धानुकको मलामीबाट फर्किने क्रममा म १ च ३११ नम्बरको जीपले ‘ओभर ट्याक’ गर्दा ट्रयाक्टर दुर्घटनामा परेको थियो । ‘ओभर ट्याक’ गर्ने जीप कञ्चनपुर प्रहरीको नियन्त्रणमा छ । घटना बारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।