वडा अध्यक्ष दिए आफ्नो सेवा सुबिधा असहायलाइ

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ५ का वडा अध्यक्ष कस्तुप दाहालले आफ्नो सेवा सुबिधाबाट पाएको रकम असहायलाई प्रदान गर्नुभएको छ ।

आफुले पाएको सेवा सुबिधाबाट बिरामी, अशक्त र असहायलाई प्रदान गरिएको वडा अध्यक्ष दाहालले बताउनुभयो ।

उहाँले आफ्नो वडाका १६ जनालाई रकम प्रदान गर्नुभएको हो । १४ जनालाई जनही तिन हजारको दरले र एक जनालाई चार हजार तथा अर्काे एक जनालाई पाँच हजार गरी ५० हजार रकम प्रदान गरिएको हो ।

वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी उनीहरुलाई रकम हस्तानतरण गरिएको उहाँले बताउनुभयो । आफुले थोरै भएपनि सहयोग गरेको अध्यक्ष दाहालले बताउनुभयो । यस अघि वडा नं ३ का अध्यक्ष चन्द्रबहादुर के.सीले पनि आफ्नो सेवा सुबिधा असहायलाई प्रदान गर्नुभएको थियो ।