बालविवाह शून्य बनाउँन नाटक र वृत्तचित्र

0
Shares

सिर्जना पन्त, बागलुङ ।
बागलुङको तमानखोला गाउँपालिका बालविवाह रोक्न र शुन्य बनाउँन जोड तोडका साथ लागिरहेको छ । जिल्लाको अति दुर्गम मानिने यस गाउँपालिकाका अधिकाशं वडाहरुमा बालविवाहले संस्कृती र परम्परा जस्तै जरा गाडेको छ ।

गाउँपालिकाका खुङखानी, स्याउला, बोङखानी, हिले, खोलेसवाङ र पहिरा जस्ता गाउँमा २० वर्ष पुगेका अविवाहिताहरु भेटाउँनै मुस्किल पर्छ ।

विवाह गर्न उपयुक्त उमेर २० वर्ष पुगेपछि हो भनेर सम्झाउँनु यस ठाउँका स्थानियहरुको लागि बालुवामा पानी खन्याउँनु जस्तै हो । २०७५ साल बैशाख महिनाबाट तमानखोला गाउँपालिकाका प्रमुख र उप–प्रमुख गाउँ गाउँमा हुने बालविवाह रोक्न मात्र होइन भएका बालविवाह बदार गर्न समेत लागि परेका छन् ।

गाउँपालिकाले तमानखोला गाउँपालिकामा भएका बालविवाह र विवाह पछि विवाहिताहरुले भोगेका समस्या र चुनौतीहरु समेटेर एउटा डकुमेन्ट्री नै तयार गरेको छ । गाउँपालिका भित्रका वडा वडामा पुगेर डकुमेन्ट्री देखाउँने र बालविवाह नगरौं र हुन पनि नदिऔं भन्ने अभियान चलाएको गाउँपालिकाले पछिल्लो समय विद्यार्थीलाई तालिम दिएर बालविवाह, बहुविवाह, लैङिगक हिंसा तथा जातीय छुवाछुत न्यूनिकरणको लागि नाटक मार्फत सचेतना फैलाउँन थालेको छ ।

तमानखोला कला समुह नाम दिएर गाउँपालिकाका ६ वटै वडाबाट प्रतिनिधीत्व हुने गरि ६ बालिका र ७ बालक गरि १३ जना बालवालिकाहरुलाई तालिम लिएर पछिल्लो समय गाउँपालिकाले वडा वडामा नाटक प्रर्दशन गर्न थालेको छ ।

बालवालिकाहरु आफैले तयार गरेको नाटकको कथा बस्तुमा गरिबीको कारणले उमेर नपुगी विवाह गर्नुपरेको, विवाह पछि गर्भवती हुँदा सुत्केरी हुन नसकेर आमा र बच्चाको मृत्यु भएको, छोरा जन्माउँनकै लागि दोस्रो विवाह गरेको लगाएतलका चरित्रहरु समावेश छन् । तमानखोला गाउँपालिका प्रमुख जोकलाल बुढाले गाउँपालिकाले बालविवाहको अवस्थालाई शुन्यमा पु¥याउन आगामी आर्थिक बर्षहरुमा पनि निरन्तरता दिने भन्दैं छिमेकी पालिकाहरुले पनि यो अभियानलाई शुरु गरेको खण्डमा वालविवाह न्यूनिकरणमा थप सहज हुने बताउँनुहुन्छ ।

हालसम्म कला समुहले तमानखोला गाउँपालिका–१ को पैरा भुमे प्राथामिक विद्यालय, जनजागृती माध्यामिक विद्यालय, वडा नम्बर ५ को शान्ति मावि, वडा नम्बर ४ को हिले, १ को स्याउला लगाएतका स्थानमा नाटक प्रर्दशन गरिसकोको न्यायिक समिती संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष मानसरी शेरचनले बताउँनुभयो ।

गाउँपालिकाले हालसम्म १६ देखि १९ वर्ष सम्मका बालवालिकाहरु विचमा भएका १० वटा बालविवाह बदर गरेको न्यायिक समितीका संयोजक शेरचनले बताउँनुभयो । पछिल्लो समय गाउँपालिकाले घर घरमा पुगेर बालविवाह न्यूनिकरणको लागि सचेतनामूलक अभियान सञ्चालन गरेपछि आफना बा आमाको सोचाइमा समेत परिर्वतन आउँन थालेको तमानखोला गाउँपालिका–१ कि १७ वर्षीया सरीता विकले बताउँछिन् ।

विक भन्छिन् ‘पहिले पहिले छोरी अर्काको कर्म खाने जात हो उमेर ढल्केपछि विहे गर्न ग्रहो हुन्छ भन्ने मेरा बाबा आमा आजभोली समयमै विद्यालय जा भन्नुहुन्छ ।’