अनिल खत्री ,गुल्मी ।
गुल्मीको सदरमुकाम तम्घासमा किरण पुस्ताकालयको अत्याधुनिक भबन निर्माण हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा बन्न लागेको पुस्ताकालय भवनको आइतवार नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले शिलान्यास गरेका छन् ।
किरण पुस्ताकालयको स्वर्ण जयन्तीको अबसरमा गुल्मीको सदरमुकाम तम्घासमा सुबिधा सम्पन्न पुस्ताकालय भवनको शिलान्यास भएकोगरिएको हो । भवनको शिलान्यास गर्दै मनत्री बिष्टले सुखि नेपाली समृद्ध नेपाल बनाउने कल्पना स्वरुप सरकार लागि परेको बताए ।
उनले धेरै बिकसित देशहरु त्यहि देशका जनताहरुको मेहनतबाट प्रगती भएको बताए । गरिबी, अभाव र बेरोजगारिमा बाची रहेका छौ मन्त्री बिष्टले भने,‘हामीले छोटो अबधीमा हाम्रो देशलाई सुखि जनताको समृद्ध नेपाल निर्माण गर्नुपर्ने छ ।’
यो काम फेरि पनि जनताको प्रयत्नले सफल हुनेछ मन्त्री बिष्टले भने ‘हामी सबैको इमान्दारिताले यो काम सम्पन्न हुनेछ ।’ मन्त्री बिष्टले गुल्मीसँगै भएर जाने मदन भण्डारी राजमार्गले गुल्मीको भाग्य रेखा कोर्ने बताए ।
तराई पहाड जोडिने यो राजमार्गसँग गुल्मी पनि जोडिनुले यस जिल्ला वासीको बिकासको लागि आर्थिक, सामजिक रुपान्तरको लागि धेरै महत्वपूर्ण भएको बताए । बिष्टले उनले आफ्नो मन्त्रालयले केहि दुरगामी र एतिहासिक निर्णय र योजना निर्माण गरेको बताए ।
आफुहरु अहिलेसम्म सरकारको जग निर्माणकै प्रक्रियामा रहेकाले बताए । अबको बाँकी काम जनपक्षिय विकास भएको बताए । उनले नयाँ संविधान र संघियताको कार्यान्वयनसंगै तीन तहको निर्वाचन, त्यसको व्यावस्थापन तथा कानुन निर्माण लगायतका काम मार्फत यो समयमा भएकाले अबको निकास समृद्धि र विकास भएको बताए ।
पुस्ताकालय भवन निर्माण कार्य सम्पन्न गर्न झण्डै ४ करोड बढि लागतमा निर्माण गर्ने गरि डिजाइन गरिएको इन्जिनिय अमन मास्केले बताए ।
उनले भवनलाई अत्याधुनिक बनाउने गरि डिजाइन तयार गरिएको बताए । भवन निर्माण सम्पन्न गर्न सम्पूर्ण लागत नेपाल सरकारबाट प्राप्त हुनेछ । मन्त्री बिष्टले भनव निर्माण कार्य सम्पन्न गर्न रकमको कुनै पनि अभाव हुन नदिने गरि निर्माण कार्य द«ुत गतिमा अगाडी बढने बताए ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेकाकिरण पुस्तकलय सबै भन्दा पुरानो किरण पुस्ताकलय हो । पुस्ताकालय २०२५ सालमा स्थापना भएको हो । साहित्यिक क्षेत्र र पुस्ताकलय क्षेत्रमा काम गर्दै आएको पुस्ताकलयले स्थापना कालदेखि हाम्रो पुरुषार्थ नामक साहित्यिक पत्रिकाको प्रकाशन गर्दै आईरहेको छ ।











प्रतिक्रिया