बरिष्ठ नेता पद्मरत्न तुलाधरको निधन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।

उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको न्युरो अस्पताल स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।

तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको उनको पारिवारिक स्रोतले बताएको छ ।