मनोज भट्ट, महेन्द्रनगर।
कञ्चनपुरको भीमदत्त नगरपालिका– २ भाँसीमा आईतवार मलामी बोकेको ट्रयाक्टर पल्टिदा २ जनाको मृत्यु भएको छ ।
मलामीबाट फर्किदै गरेको से १ त ५४२२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । मृत्यु हुनेमा कञ्चनपुर बेदकोट नगरपालिका–५ का ३२ बर्षीय प्रेम सिँह धामी रहेका छन् ।
मृत्यु हुने अर्काको पहिचान खुल्न सकेको छैन् ।
मलामीबाट फर्किने क्रममा भीमदत्त नगरपालिका–२ भाँसीमा म १ च ३११ नम्बरको जीपले ‘ओभर ट्याक’ गर्दा ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए । ट्रयाक्टरमा करिब ५० जना सवार रहेका उनले बताए ।
महाकाली आर्यघाटबाट ट्रयाक्टर मलामी बोकेर सुडा तर्फ गइरहेको थियो । प्रहरी र स्थानियको सहयोगमा घाईतेहरुको उद्धार गरि अहिले महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरमा उपचार भइरहेको छ ।
‘ओभर ट्याक’ गर्ने जीप कञ्चनपुर प्रहरीको नियन्त्रणमा छ । घटना बारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले बतायो ।
घटनाको थप विवरण आउन बाँकी छ ।











प्रतिक्रिया