हत्यारालाई पेस्तोल दिएको अभियोगमा ‘गुण्डा नाइके’ बस्नेतकी श्रीमती पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
गुण्डा नाइके समिरमान बस्नेतकी श्रीमती माया शेरचनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन र युवा संघका रूपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा पेस्तोल दिएको अभियोगमा उनलाई पक्राउ गरिएको हो। उनलाई आइतबार काठमाडौंको स्वयम्भू, ठूलो भर्‍याङबाट उनलाई पक्राउ गरिएको एसएसपी धीरज सिंहले जानकारी दिए।

दुर्गा तिवारी हत्यामा पक्राउ परेका लोप्सन लामा र गौचन हत्यामा समातिएका अमर रानाले दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको सिंहले बताए।

यी दुबै जनाले मायाले आफूहरूलाई पेस्तोल दिएको बताएका थिए।

गत वर्ष असोज २३ गते काठमाडौंको बानेश्वरमा गोली हानी गौचनको हत्या भएको थियो।