देउसी भैलो राती १० बजेसम्म मात्र

0
Shares

काठमाडौं । तिहारको समयमा देउसी भैलो खेल्ने समय राती १० बजेसम्म कायम गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरको प्रमुख जिल्ला अधिकारीको बैठकले सो समय कायम गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रमराज जोशीले राती १० बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न निषेध गरिएको जानकारी गराउनुभयो । उहाले भन्नुभयो–तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १० बजेपछि देउसी भैलो खेल्न निषेध गर्ने निर्णय गरेका हौ ।

रातीको समयमा होहल्ला गर्दा समाजमा नकरात्मक असर पर्ने र झै झगडा हुनसक्ने सम्भावनालाई मध्य नजर गर्दै यो वर्षको तिहारमा १० बजेसम्म मात्र देउसी भैलो खेल्ने कार्यक्रमको समय निर्धारण गरेको उहाले जानकारी गराउनुभयो ।