नेपाल समाचारपत्र, दार्चुला ।
खलंगा तिंकर १ सय ३० किलोमिटर दुरी रहेको उक्त सडक निर्माण सुरु भएको एक दशक पुग्नलाग्दा समेत सम्पन्न हुन सकेको छैन ।
महाकाली करीडोरको नाममा खलंगा तिंकर सडक ओझेलमा परेको दार्चुलाका स्थानियले बताइरहेका छन् ।
हाल खलंगा देखी पिपलचौरी सम्म मात्रै ट्याक खुलेको छ । साधुरो तथा ग्रेड नमिलेको उक्त सडकमा जोखीम मोलेर जिपहरु संचालनमा रहेका छन् ।
केहि वर्ष पहिले देखी करीडोरको नाममा बजेट विनियोजन हुन थाले पछि निर्माणाधिन दार्चुला तिंकर सडकको निर्माण कार्य सुस्ताएको छ । विनियोजित बजेट पनि प्रतेक वर्ष खर्च हुन नसकी फ्रिज हुने गरेको छ ।
आव २०६७÷६८ देखी आव ७०÷०७१ सम्म विभिन्न ७ प्याकेजमा सडक निर्माणका लागी ठेक्का सम्झौता भई केहि निर्माण कार्य भएको थियो ।
महाकाली करीडोर अन्तरगत कञ्चनपुरको ब्रह्मदेव झुलाघाट दार्चुला सम्मको दुरी २ सय ९० किलोमिटर रहेको छ ।
जुन हाल संचालनमा रहेको महाकाली लोकमार्गको अत्तरीया खलंगा भन्दा मात्र १५ किलोमिटर कम हो ।
दार्चुला कञ्चनपुर जोडने छोटो मार्गको रुपमा रहेको महाकाली करिडोर हुनुपर्नेमा पञ्चेश्वर बाधका कारण करिव ४० किलोमिटर बढेको आयोजनाले जनाएको छ ।
महाकाली किनार पञ्चेश्वर वाधका कारण डुवान हुने भएकाले बैतडीको सिल्लेक, सलसेना धनथला, खरकडा हुदै जौलजिविमा सो सडक जोडीने भएको छ ।
सरकारको वार्षिक विकास कार्यक्रममा अहिले सम्म भेटिएका मध्ये सबैभन्दा पुरानो, तर सम्पन्न नभएको आयोजना महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिंकर) सडक हो । कुल चार सय ३० किलोमिटर लम्बाइको यो सडक आर्थिक वर्ष ०४१÷४२ मा सुरु गरिएको हो ।











प्रतिक्रिया