काभ्रेको मानपुरे डाँडामा ट्रक पल्टिदाँ दुर्इ जनाको मृत्यु, तीन जना घाइते


काभ्रे । काभ्रेको मानपुरे डाँडामा ट्रक दुर्घटनामा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । शनिबार राति चौरी देउराली गाउँपालिका – ८ मानपुरे डाँडामा ना १ क ९५२४ नम्बरको ट्रक पल्टिदा काभ्रे भुम्लु ६ का ३१ वर्षका सरोज पहरी र त्यहीँ ठाउँका १९ वर्षका सुमन पहरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका तीनजनाको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।