विक्रमसिंघेद्वारा रक्तपातपुर्ण संघर्षको चेनावनी


कोलोम्बो (एजेन्सी)
श्रीलंकाका बर्खास्त प्रधानमन्त्री रानिल विक्रमसिंघेले देशमा संवैधानिक मुल्यको रक्षा नभएमा हिँसात्मक संघर्ष हुने चेतावनी दिएका छन् ।
आगामी दिनमा संसद संवैधानिक संकट अन्त्य गर्दैन भने देशलाई रक्तपातपुर्ण संघर्ष झेल्नबाट कसैले रोक्न नसक्ने उनले बताए । एएफपीलाई दिएको एक अन्तरवार्तामा देशमा रगतको खोला बग्न सक्ने उनले बताए । केही निरास र आक्रोसितहरुले हिन्द महासागर क्षेत्रमा उपद्रोह फैलाउने प्रयास गरिरहेको पनि उनले बताए ।

पदबाट बर्खास्त गरिएको भएपनि विक्रमसिंघे प्रधानमन्त्री निवासमै बस्दै आइरहेका छन् र उनको घर बाहिर हजारौं संख्यामा समर्थक जम्मा भएका छन् । ६९ बर्षिय विक्रमसिंघेलाई राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अक्टोबर २६ मा प्रधानमन्त्री पदबाट बर्खासत गरेका थिए । उनको स्थानमा पुर्व राष्ट्रपति महिन्दा राजपाक्षेलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रधानमन्त्री निवासमै बस्दै आइरहेका विक्रमसिंघेले राष्ट्रपतिको आदेश असंवैधानिक बताउँदै पदबाट हट्न अस्विकार गर्दै आइरहेका छन् । विक्रमसिंघे हाले तात्कालिन उपनिवेश कालमा बनेको टेम्पल ट्र् रेजिडेन्स , प्रधानमन्त्रीको आधिकारिक निवासमा बसिरहेका छन् । उनको आवास बाहिर ठुलो संख्यामा बौद्ध भिक्षु लगातार प्रार्थना गरिरहेका छन् ।

श्रीलंकाका राष्ट्रपतिले संसदमाथि लगाइएको निलम्बन फुकुवा गरिसकेको छ र सोमबार संसद सत्र चल्ने अनुमान गरिएको छ । सत्ता संघर्षका क्रममा भएका घटनामा एक ब्यक्तीको गोली प्रहारमा मृत्यु भइसकेको छ । विक्रमसिंघेले आफना समर्थकहरुलाई शान्ति बनाइराख्न र हिँस्रक विद्रोहको मार्ग नलिन अपिल गरेका छन् ।