गर्मीमा युवाहरुको मृत्यु हुने सम्भावना धेरै


लन्डन (एजेन्सी)
अमेरिकामा रहेका युवाको गर्मिमा मृत्यु हुने संभावना धेरै भएको एक अध्ययनले देखाएकोछ । ईलाइफ पत्रिकामा प्रकाशित उक्त शोधमा यो करिब ४ दशकसम्म गरिएका अध्ययनहरुले रंखाकित गरिएका तथ्य मध्यको एक भएको उल्लेख गरिएको छ ।

यसले सार्वजनिक स्वास्थ्य रणनितिहरुलाई अहिले र भविष्यमा हुने मृत्युलाई कम गर्नमा मद्दत गर्ने जनाइएको छ । बेलायत स्थित इम्पेरियल कलेज लन्डनका राबाइ पार्कले भने– मृत्यु बर्षको विभिनन महिनामा फरक फरक हुन्छ भन्ने मान्यता पुर्ण रुपमा स्थापित हो । तर कसरी यो स्थानिय जलवायुको हिसाबमा फरक हुन्छ भन्ने विषयमा धेरै जानकारी छैन । यो कसरी फरक फरक उमेरमा विभिन्न रोगका लागि समय समयमा परिवर्तन भइरहन्छ भन्ने कुरा पनि थाहा छैन ।

यसमा सन् १९८० देखि २०१६ बीच ८ करोड ५८ लाख ५४ हजार १ सय ७६ पन्जिकृत मृत्युको आंकडामा अध्ययन गरिएको थियो । ‘वेवलेट विश्लेषण ‘को माध्यमबाट मृत्युदरको अध्ययन गरि यसको आंकलन गरिएको हो । यसमा समयसँग ‘मुभिंग विन्डो‘को माध्यमबाट मृत्युदरको अध्ययन गरिन्छ । यसले ती मानकहरुमा आउने परिवर्तन थाहा पाउन सकिन्छ ।

अध्ययनमा ४५ बर्ष र त्यो भन्दा बढी उमेरका पुरुषको कुल मृत्यु दर र ३५ बर्ष र त्यो भन्दा बढी उमेरका महिलाको मृत्यु दर डिसेम्बर, जनवरी वा फेब्रुअरीमा उच्च हुने गरेको छ । जुन र अगस्टमा यो दर सबैभन्दा कम हुने गर्छ । यसको विपरित ५ बर्ष र ३४ बर्ष उमेरका पुरुषमा कुल मृत्यु दर सर्वाधिक जुन र जुलाइमा हुने गरेको छ भने ४५ बर्ष भन्दा कम उमेरका स्त्री पुरुष दुबै बर्गमा हुने मृत्यु गर्मीमा सबैभन्दा धेरै हुन्छ ।
शोधकर्ताहरुले ५ देखि १५ र २४ बर्षको उमेर बर्गका पुरुषमा गर्मी र जाडोमा हुने मृत्युको आंकडामा अन्तर १५ प्रतिशत भन्दा धेरै भएको बताएका छन् ।