पाकिस्तानलाई आर्थिक संकटबाट मुक्त हुन चीनले सहयोग गर्ने


बेइजिंग (एजेन्सी)
पाकिस्तानलाई बर्तमान आर्थिक संकटबाट बाहिरिन चीनले आवश्यक मद्दत गर्ने एक बरिष्ठ अधिकारीले शनिबार बताएका छन् । यस मुद्दामा दुई देशबीच अन्तिम सहमति अगाडी कयौं चरणको वार्ता भएको ती अधिकारीले जानकारी दिए ।

यसअघि चीनको भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चीनका प्रधानमन्त्री ली केकियांगसँगको भेटवार्तामा रणनितिक सम्बन्ध बलियो बनाउने विषयमा छलफल गरेका थिए । त्यसपछि दुबै देशबीच १६ वटा सम्झौतामा हस्ताक्षर भएको थियो ।

खान आफनो पहिाले चीन यात्राका क्रममा शुक्रबार बेइजिंग पुगेका थिए । उनको यो भ्रमणको उद्देश्य दुई देशबीचको अर्बौं डलरको सीपीइसीलाई लिएर उत्पन्न मतभेद हटाउनु थियो ।

आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानका लागि तत्काल केही धनरासी राहतका रुपमा आवश्यक रहेको छ । यसका लागि उसले अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफसँग पनि सम्पर्क गरेको थियो तर उक्त संस्थाबाट आवश्यक धनरासी हासिल गर्न कडा सर्त मान्नु पर्ने हुन्छ । चीनले पाकिस्तानको राहत कोषका लागि आवश्यक ६ अर्ब डलर सहयोग गर्ने बताइसकेको छ ।

इमरानलाई स्वागत गर्दै केकियांगले चीन र पाकिस्तान सँधै नै साझेदार रहेको र आफुहरुबीच अत्यधिक राजनितिक विश्वास कायम रहेको तथा सबै क्षेत्रमा निकट सहयाग सम्बन्ध रहेको बताएका थिए । चीनले आफनो विदेश नितिमा सँधै पाकिस्तानलाई प्राथमिकता दिँदै आइरहेको उनले बताए ।

चीनलाई धन्यबाद दिँदै इमरानले सन् २०१३ मा सीपीइसी एक विचार मात्र रहेको र त्यसबेला देखि दुई देशको सम्बन्ध धेरै गहिरो भइसकेको बताए । पाकिस्तानी जनताले उक्त परिकल्पनालाई मन पराएको उल्लेख गर्दै उनको देशले चीनमा प्रगति र लगानीको अवसर देखेको खानले बताए ।