अमेरिका: ट्रम्पको अपिल


वासिंगटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ विस्तृत सम्झौताका लागि तयार रहेको तर आगामी सोमबारबाट सुरु हुने उक्त देश विरुद्ध लगाएको नाकाबन्दी जारी रहने बताएका छन् । शुक्रबार राती जारी गरेको एक बयानमा नयाँ विस्तृत सम्झौताका लागि तयार रहेको र त्यसले इरानको दुर्भावनापुर्ण गतिविधि माथि अंकुश लगाउने र त्यो इरानका नागरिकका लागि उपयुक्त हुने बताएका थिए ।

आफनो ऐतिहासिक प्रतिबन्धलाई पुर्ण क्षमताका साथ लागु गर्ने प्रतिबद्धता पनि उनले ब्यक्त गरे । इरानको परमाणु आकांक्षा रोक्न ‘विध्वंसक ब्यवहार ‘ परिवर्तन गर्न, अधिकारको सम्मान गर्न र राम्रो वार्ताका लागि ट्रम्पले आह्वान गरे ।