मन्त्री बन्न प्रदेश–३ मा लबिङ शुरु, तत्काल नियुक्त नहुने


हेटौंडा, (नेस)
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री तत्काल नियुक्त नगर्ने हुनुभएको छ ।
प्रदेशको कामको गति देखाउने मन्त्रालयका मन्त्रीबाट यसअघि काम हुन नसकेपछि मन्त्रीलाई बर्खास्त गरेर मन्त्रालयको जिम्मेवारी हाल आफंैले लिनुभएका उहाँले आफू नै सक्रिय भएर कामको गति देखाउन लाग्नुभएको हो ।

मन्त्रालयको काम आफंैले गर्ने र भौतिक पूर्वाधार विकासका कामको गति बढाएरमात्र नयाँ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री डोरमणि पौडेलले स्पष्ट पार्नुभयो । भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापितलाई शुक्रबार बर्खास्त गरेपछि मन्त्री बन्न नेकपाभित्र पार्टी नेतृत्वमा लबिङ सुरु भइसके पनि तत्काल मन्त्री नियुक्त नगर्ने सोचमा मुख्यमन्त्री पौडेल रहनु भएकोछ । मन्त्री बन्न प्रदेशका सांसद्हरु नेताहरुको घरदैलोमा दौडधुप गरिरहेको समयमा तत्काल मन्त्री नियुक्त नगरी आफैंले कामलाई प्राथमिकता दिने उहाँले दाबी गर्नुभयो ।

डेल यही मन्त्रालयबाट करिब १५ अर्ब रुपियाँ खर्च गरेर विकासका कामको गति अगाडि बढाउने सोचमा हुनुहुन्छ । मन्त्रालयहरुले गरेको कामका विषयमा सबैजसो मन्त्रालयमा निरन्तर अनुगमन गरिरहुन भएका मुख्यमन्त्री पौडेलले मन्त्रालयमा नबस्ने, बसे पनि काम भन्दा कुरा धेरै गर्ने, प्रदेशको सबभन्दा धेरै रकम खर्च गर्नुपर्ने मन्त्रालयले काम नगरेपछि मन्त्री स्थापितबाट असन्तुष्ट हुनुहुन्थ्यो ।
मन्त्रालयको काम छिटो गर्न धेरै पटक मुख्यमन्त्री पौडेलले निर्देशन दिए पनि काममा तदारुकता देखाउनुको साटो मुखमुखै लागेको भन्दै स्थापितलाई बर्खास्त गरिएको हो ।