२८६औं हप्ताको बागमती सफाइ


काठमाडौं, (नेस)
बागमती सफाई महाअभियानको २८६औं हप्ताको सफाई अभियान बुद्धनगरपुलमा सम्पन्न भएको छ । अभियानबाट करिब ४ मेटिक टन फोहोर ब्यबस्थापन गरीएको छ । अभियानमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती आयोजना सहित १८ वटा संघसंस्था र बागमती अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

अभियानको समापनमा बोल्दै बिशेष अतिथी करिष्मा मानन्धरबाट जल, जंगल जमीन आदी प्रकृतीले बिना कुनै स्वार्थ मानिसलाई जीवन दिईरहेको हुन्छ तर मानबले प्रकृतीको आवश्यतmा थाहा भएर पनि यसको संरक्षण गर्न नसकेको बताउनुभयो। उहाँले सबै लागेमा बागमती पहिलाकै अबस्थामा फर्काउन सकिने तर सरकारले जिम्मेवारी लिएर काम गर्नुपर्ने सुझाब दिनुभयो ।

बागमती सफाई महाअभियान २०७० जेष्ठ ५ गतेदेखी निरन्तर संचालन भएको अभियान केही सचेत नागरीक संस्था सहित तत्कालिन मुख्य सचिब लिलामणी पौडयालको सक्रियतामा शुरु भएको अभियानमा हालसम्म करिब १० लाख जनाको सहभागीतामा करिब १८ सय संस्थाको सहभागीता भै सकेको छ । करिब १५ हजार मेटिक टन फोहोर ब्यबस्थापन भैसकेको यो अभियानको कारण सरकारले बागमती आयोजना मार्फत तिब्रगतीमा काम अगाडी बढाउन नैतिक दबाब परेको छ ।