विश्वकर्माको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति


काठमाडौं, (नेस)
नेपाल वातावरण पत्रकार समूह (नेफेज)को ३३ औं वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि कसमस विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्षमा विश्वकर्मा निर्विरोध निर्वाचित हुनु भएको छ । सचिव र २ महिला सदस्य पनि निर्विरोध निर्वाचित भएपनि अन्य पदमा निर्वाचन मार्फत पदाधिकारी चुनिएका छन् । शुक्रवार साँझ सम्पन्न समुहको साधारणसभाले उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमशः चन्द्रशेखर कार्की, निमेष रेग्मी र सविन शर्मालाई निर्वाचित गरेको छ ।

यसैगरी, सदस्यहरुमा रविन सायमी र छेटु शेर्पा विजयी हुनु भएको छ । सचिव र २ महिला सदस्यमा क्रमशः अम्बिका राजथला, प्रगति ढकाल र सुजाता कार्की निर्वाचित हुनु भएको छ । विज्ञ सदस्यमा ज्योति बानियाँ निर्वाचित हुनु भएको छ, उहाँले प्रतिद्धन्द्धी सूर्यमान शाक्यलाई पराजित गर्नु भएको हो । समुहको लेखा समिती संयोजकमा गोपाल तिवारी र सदस्यहरुमा रञ्जना पौडेल र सोमनाथ लामिछाने निर्विरोध निर्वाचित हुनु भएको छ ।