क्यान्सर रोग न्यूनीकरण गर्न सकिन्छ’


नेपाल समाचारपत्र, ललितपुर
क्यान्सर रोग सम्बन्धी तीन दिने बृहत कार्यशाला गोष्ठी मल्टिडिसपिलनरी सर्भिकल क्यान्सर म्यानजेमेन्ट कोर्स शनिबार ललितपुरमा सम्पन्न भयो ।

अमेरिकन सोसाइटी किलिनिकल अकोलोजी, नेपाल अर्बुद रोग निवारण संस्था, भक्तपुर क्यान्सर अस्पतालले सो कार्यशाला गोष्ठी आयोजना गरेको हो ।

मानिसहरुलाई विशेषतः महिलामा पाठ्यघरकाको मुख क्यान्सर, स्तन क्यान्सर लगायत विविध क्यान्सर रोग लाग्ने गरेको उल्लेख गर्दै समयमै रोग पत्ता लगाउन सके त्यस्ता रोगहरु न्यूनीकरण गर्न सकिने गोष्ठीको नीष्कर्ष रहेको छ । जनचेतनाको कमीका कारण अस्पताल ढिलाई हुने र क्यान्सर रोग फैलिद“ै जाने गर्दा कयौेंले ज्यान गुमाउनुपरेकोप्रति कार्यशाला गोष्ठीमा ध्यानाकर्षण भएको छ ।

रोग न्यूनीकरणका लागि बेलाबखत नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने, क्यान्सर सम्बन्धी जनचेतनामूलक अभियान बढाउनुपर्ने पनि गोष्ठीको निचोड रहेको भक्तपुर क्यान्सरका मेडिकल डाइरेक्टर डा. ऋषिकेशनारायण श्रेष्ठले जानकारी दिनुभयो ।‘रोगको उपचारमा जनचेतनाको महत्वपूर्ण भूमिका रहेको छ । नेपालको जस्तो मुलुकमा जनचेतनाको अझ बढी महत्वपूर्ण रहेको छ । त्यसैले यसलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्दछ ।’ उहा“ले भन्नुभयो ।

रोगीको उपचारलाई सहज बनाउन विभिन्न देशविदेशबाट नया“नया“ प्रविधि भित्र्याउनुपर्नेमा पनि गोष्ठीमा जोड दिइएको छ ।सरकारले क्यान्सर रोग लागेका सर्वसाधारणलाई दिने १ लाख रुपैया“ बराबरको उपचारको व्यवस्था अपुग भएका भन्दै त्यसलाई पा“च लाखसम्म पु¥याउनुपर्ने पनि नीष्कर्ष निकालिएको छ ।

गोष्ठीले हयुमन पापिलियो भाइरस एक प्रकारको खोप प्रयोगले क्यान्सर रोग न्यूनीकरण गर्न सकिने पनि जनाएको छ ।गोष्ठीमा अमेरिका, भारतका चिकित्सक लगायत क्यान्सर रोगको उपचारमा सलंग्न चिकित्सकहरुले ३० वटा कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठीमा २ सय जना चिकित्सक, नर्सहरुले भाग लिएका थिए ।