पर्यटनमन्त्री अधिकारीको भिसा किन च्यातियाे ? मन्त्रीकाे बेलायत भ्रमण रद्द


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको  वेलायत भ्रमण रद्द भएको छ । हरेक वर्ष बेलायतको लण्डनमा हुने विश्वको प्रतिष्ठित वर्ल्ड ट्राभल मार्ट (डब्लूटिएम) मा सहभागी हुन जान लागेका मन्त्री अधिकारीको भ्रमण रद्द भएको हो ।

नोभेम्बर ५ देखि ७ सम्म लन्डनमा आयोजना हुने मार्टमा नेपालका व्यवसायीसहितको ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै अधिकारी त्यसतर्फ जाने तयारी गरेका थिए । तर उनको भिसा नै च्यातिएपछि बेलायत जानबाट बञ्चित भएका छन ।

उनको भिसा लागेको राहदानीको पृष्ठ नै च्यातिएको देखिएकाे छ । भिएफएस ग्लाेबल नेपालले मन्त्री अधिकारीको भिसा च्याति दिएको हो ।नोभेम्बर १ मा जारी भएको अधिकारीको भिषा जारी भइसकेपछि भिषा स्टिकर च्यात्ने र पछि भिषा कट्टी गरिएको छ। ‘सी भिजिट’ उल्लेख भएकाे मल्टिपल इन्ट्री भिषा सन् २०१९ मे १ तारिकसम्म बहाल रहने उल्लेख छ।

भिषा स्टिकर टाँसेपछि च्यातिएको देखिन्छ। भिषा स्टिकर च्यातेपछि फेरि जर्बजस्ती टाँस्दा नमिलेको प्रस्ट देखिन्छ। त्यसपछि भिषालाई रद्द गर्ने संकेतस्वरुप रातो मसीको कलमले कट्टी गरिएको छ।