दाङ र स्याङजाका एसपी फेरिए


काठमाडौं  ।  राम्रोसँग काम गर्न नसकेको आरोपमा प्रहरी प्रधान कार्यालयले दाङ र स्याङजाका एसपीलाई सरुवा गरेको छ । दाङमा बेलबहादुर पाण्डे तथा स्याङजामा राजकुमार लम्साललाई पठाइएको छ ।

दाङका एसपी कृष्णहरी शर्मा सुरुदेखि नै विवादमा तानिएका थिए । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका व्यक्तिलाई तारेखमा छाडेको थिए । त्यस्तै ठूला जुवा खालमा उनको संरक्षण खुलेको थियो ।

सिडिओले जुवाखालमा छापा हान्न पठाउँदा नमानेपछि राष्ट्रिय अनुसन्धान विभागका एसपी टेकराज तिमल्सिनालाई पठाएका थिए ।
त्यस्तै राम्रो काम गर्न नसकेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाको पनि सरुवा भएको छ । त्यहाँ लागूऔषध नियन्त्रण ब्यूरोका डिएसपी प्रेम शाहीलाई पठाइएको छ ।