महिला यात्रुको दादागिरीले १३ को मृत्यु


काठमाडौं । बस ड्राइभर र महिला यात्रुको झगडाले उग्र रुप लिएपछि कम्तिमा १३ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चीनको एक पुलमाथि गुडिरहेको बसका चालकसँग महिला यात्रुले झगडा गरेपछि उक्त दुर्घटना भएको बीबीसीले जनाएको छ ।

आफ्नो स्टपमा झर्न नपाएपछि रिसाएकी महिलाले बसको चालकसँग झगडा गरेकी थिईन् । ५१ किलोमिटर प्रतिघण्टाको दरमा गुडिरहेको बस पुलबाट समुन्द्रमा खसेको थियो । अहिलेसम्म १३ जनाको शव निकालिसकिएको छ भने २ जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।